शनिवार र आइतबार गरी २ दिन बिदा दिने सरकारको निर्णय



शनिवार र आइतबार गरी २ दिन बिदा दिने सरकारको निर्णय

काठमाडौँ १४ बैशाख । सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार गरी २ दिन बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले हप्तामा २ दिन विदा दिने निर्णय भएको बताए । “हाललाई परीक्षणको रूपमा २०७९ जेठ १ देखि लागु हुनेगरी बिहान ९ः३० देखि साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने,” निर्णयमा भनिएको छ ।

सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव गरेको थियो । सोही प्रस्तावमाथि छलफल गरी मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे