राजधानी कार्यान्वयनका लागि एमालेलाई जिताउनुस् : पोख्रेल



राजधानी कार्यान्वयनका लागि एमालेलाई जिताउनुस् : पोख्रेल

भालुवाङ १४ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयनका लागि नेकपा एमालेलाई जिताउन आवश्यक रहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी एमाले राप्ती गाउँपालिका कमिटीले आज राप्ती गाउँपालिका २ लालमटिया आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका पोख्रेलले नेपाललाई विकास र सम्वृद्विको यात्रा अगाडि बढाउन सक्ने भिजन एमालेकोमा भएकाले उम्मेदवारहरूलाई विजयको शुभकामना समेत दिएका छन् ।

यस्तै उनले एमालेलाई अहिले चारै तिरबाट घेराबन्दी गर्ने काम भएको र चारै तिरबाट आक्रमण भइरहेकाले सत्ता गठबन्धन सँग एमाले एक्लै सामना गर्न तयार रहेको बताए । देशैभर अहिले एमालेको जनलहर बढीरहेकोले सत्ता गठबन्धन एमाले सँग डराइरहेको पनि बताए ।

त्यस्तै उनले अहिलेको सरकार अदालतको फैसलाबाट बनेको हो, जनमतबाट बनेको होइन अब त्यसको बिदाई वैशाख ३० गतेले गर्ने बताए ।

पार्टीका राप्ती गाउँपालिका कमिटीका अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा महिला नेतृ गंगा चाैधरी, पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा राप्ती गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जगतप्रसाद पोख्रेल, उपाध्यक्ष पदकी उम्मेदवार कमलापती चाैधरी लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए । यसै बीच कार्यक्रम विभिन्न पार्टी परित्याग गरि दर्जन बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटका नेता विष्णुप्रसाद चाैधरी, राष्ट्रिय जनमोर्चाका तोरन शर्मा, भुमि गुरूङ लगायत १०७ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरूलाई पार्टीका महासचिव पोख्रेलले टीका लगाएर पार्टी प्रवेश गराएका थिए । कार्यक्रमको सञ्चालन पार्टीका राप्ती गाउँपालिका कमिटी सचिव भरतमणी न्याैपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे