दाङमा म्यादी प्रहरी सहित तीन हजार बढी सुरक्षाकर्मी परिचालन



दाङमा म्यादी प्रहरी सहित तीन हजार बढी सुरक्षाकर्मी परिचालन

दाङ १४ बैशाख । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागी दाङमा म्यादी प्रहरी सहित तीन हजार बढि सुरक्षाकर्मी परिचालन भएका छन् । निर्वाचनलाई शान्तिपुर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्नका लागी भर्ना भएका म्यादी प्रहरी सहित सुरक्षाकर्मीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गत चैतमा जिल्लामा १७ सय बढि म्यादी प्रहरी भएका छन् । उनीहरुलाई गत सोमवार सुरक्षाकर्मी सहित परिचालन गरिएको प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

जिल्लाका दश पालिकाका १५३ मतदान स्थललाई सुरक्षाको दृष्टिकोणले बर्गीकरण गरी त्यसैको आधारमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।जिल्लामा १५३ वटा मतदान स्थल रहेका छन भने ४६१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

म्यादी प्रहरी सहित नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानबाट समेत कर्मचारी परिचालन गरी आसन्न निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गराउने योजनाका साथ सुरक्षा व्यवस्थापन र परिचालन भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे