दाङको तुलसीपुर उपमहानगरपालिका दुई दिन देखि अन्धकार, डेढ लाख बढी महशुल बुझाउँन



दाङको तुलसीपुर उपमहानगरपालिका दुई दिन देखि अन्धकार, डेढ लाख बढी महशुल बुझाउँन

तुलसीपुर, १४ वैशाख । तुलसीपुर उपमहानगरपालिका दुई दिन देखि अन्धकार छ । दाङको स्मार्ट सिटीका नाममा परिचित तुलसीपुर उपमहानगरपालिकाले समयमै विद्युत महसुल बुझाउँन नसकेपछि मंगलबार कार्यालयको विद्युत लाईन काटिएको थियो । विद्युत लाईन काटिएको दुई दिन हुँनै लाग्दा समेत महसुल नबुझाँउनु लज्जाको बिषय भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकाले चार महिनाको विद्युत महशुल नबुझाएको भन्दै मंगलबार विद्युत लाईन काटेको थियो ।

पटक–पटक महशुल बुझाउँनको लागि तुलसीपुर उपमहानगरपालिकामा पत्राचार गरेको भए पनि त्यसको कुनै प्रतिक्रिया नआएपछि मंगलबार विद्युत काटिएको नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिए । अहिले तुलसीपुर उपमहानगरपालिकाको ४ महिनाको विद्युत महशुल बुझाउँन बाँकी छ । जरिमानासहित ४ महिनाको डेढलाख बढी महशुल बुझाउँन बाँकी रहेको प्रमुख फर्सालले बताए । कुनै पनि ग्राहकले रिडिङ गरेको ६० दिनसम्म विद्युत महशुल नबुझाएको खण्डमा बिना जानकारी उक्त ग्राहकको विद्युत काटिने प्राधिकरणको नियम अनुसार आफुहरुले तुलसीपुर उपमहनगरपालिकाको विद्युत लाईन काटेको उनको भनाई छ ।

विद्युत काटिए पछि उपमहानगरपालिकाबाट सडक बत्ति बाहेक कार्यालयको मात्रै महसुल बुझाँउने जानकारी आएको भए पनि महसुल नबुझाएकाले लाईन नजोडिएको उनले बताए । कार्यालयको विद्युत काट्दा सेवा प्रवाहमा भने समस्या देखिन थालेको छ । उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेका अनुसार अहिले जेनेरेटर चलाएर काम चलाईएको छ । सधैभरी जेनेरेटर चलाएर काम गर्न असम्भव रहेको उनले बताए । विद्युत महसुल बुझाँउने विषयमा कुरा भईरहेका न्यौपानेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे