एमालेसँग मिलेमतो गर्ने कांग्रेसका प्रदेश सांसद मल्ल पार्टीबाटै निष्कासित



एमालेसँग मिलेमतो गर्ने कांग्रेसका प्रदेश सांसद मल्ल पार्टीबाटै निष्कासित

काठमाण्डाै १३ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेमतो गरेर पार्टीको हित विपरीतका क्रियाकलाप गरेको भन्दै नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभाका सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासित गरेको छ ।

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पार्टीको निर्णय उल्लङ्घन गर्ने र एमालेसँग मिलेर बागी उम्मेदवारी दिएको भन्दै कांग्रेसले उनलाई पार्टीबाटै हटाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ । मल्ल कांग्रेस डडेल्धुराका निवर्तमान पार्टी सभापति पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे