तुलसीपुरमा सत्तागबन्धनको चुनावी तालमेलमा आशंका,सवैले दिए एउटै पदमा धमाधम उमेदवारी



तुलसीपुरमा सत्तागबन्धनको चुनावी तालमेलमा आशंका,सवैले दिए एउटै पदमा धमाधम उमेदवारी

तुलसीपुर १४ बैशाख । पाँच दलिय सत्तागठबन्धन दलले स्थानिय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेपनि व्यवहारमा खासै लागु हुन सकेन । विशेषगरी महानगरपालिका, उपमहानगरपालिकामा बाहिरी रुपमा चुनावी तालमेल गरे पनि आन्तरिक रुपमा असन्तुष्ट भएका नेता कार्यकर्ताहरुले विभिन्न पदमा उमेदवारी दर्ता गराएका छन् ।

उनीहरुले दलकै नामबाट उमेदवारी दर्ता गराएको पाईएको छ । यता दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्तागठबन्धन दलको तर्फबाट साझा उमेदवारले मनोनयन दर्ता गराए पनि वडा तहमा भने एउटै पदमा सत्तागठबन्धन दलका सवैले उमेदवारी दर्ता गराएका छन् । सत्तागठबन्धनले चुनावी तालमेल गरे पनि वडा तहमा सवै दलका तर्फबाट छुट्टाछुट्टै उमेदवारी दर्ता गराएको पाईएको छ ।

विस्तृत जानकारीका लागी यो लिंकलाई क्लिक गर्नुहोस ।

https://election.gov.np/admin/public//storage/uploads/branch/Lumbini-province-office/Downloads%20&%20Notice/manonayan.pdf

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे