दाङमा दश पालिकाको ५ सय २० पदका लागि २ हजार ४ सय १२ जनाकाे उम्मेदवारी दर्ता



दाङमा दश पालिकाको ५ सय २० पदका लागि २ हजार ४ सय १२ जनाकाे उम्मेदवारी दर्ता

दाङ १३ वैशाख । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि दाङमा दश वटै पालिकाको विभिन्न पदमा मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको छ । जिल्लाको दश पालिकाको पाँच सय २० पदका लागि दुई हजार चार सय १२ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

आईतबार र सोमबार गरी दुई दिनसम्म मनोनयन पत्र दर्ता भएको थियो । जिल्लाको दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकाको प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य गरी ५२० पदका लागी उनीहरुले उम्मेदवारी दिएका हुन् ।

सत्ता गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, जनमोर्चा, जसपा, नेकपा एमाले, राप्रपा लगाएतका राजनितिक दल र स्वतन्त्रबाट उमेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ । कार्यालयका सुचना अधिकारी गेहेन्द्र कुवरका अनुसार जिल्लाका पालिका प्रमुख तथा अध्यक्ष पदका लागी ८७ जना, उप्रमुख तथा उपाध्यक्षका लागी ६५ जना, वडा अध्यक्षका लागी ५५१, खुल्ला सदस्य तर्फ ९०३, महिला सदस्य तर्फ ४२८ र दलित महिला सदस्य तर्फ ३७८ जनाले उम्मेदवारी दिएका छन् ।

कुन पालिकामा कति
तुलसीपुरमा प्रमुख/अध्यक्षमा १२ जना, उपप्रमुख/उपाध्यक्षका लागि ९, वडाध्यक्ष पदका लागि १२३, सदस्य २०८, महिला सदस्य १८, दलित महिला सदस्यमा ८२ जनाले उम्मेदवारी दिएका छन् । घोराहीमा प्रमुख/अध्यक्षमा १५ जना, उपप्रमुख/उपाध्यक्षका लागि ८, वडाध्यक्ष पदका लागि १०८, सदस्य १६१, महिला सदस्य ७८, दलित महिला सदस्यमा ७० जनाले उम्मेदवारी दिएका छन् । लमहीमा प्रमुख/अध्यक्षमा ८ जना, उपप्रमुख/उपाध्यक्षका लागि ८, वडाध्यक्ष पदका लागि ५२, सदस्य ९१, महिला सदस्य ४५, दलित महिला सदस्यमा ३८ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै गढवामा प्रमुख/अध्यक्षमा ९ जना, उपप्रमुख/उपाध्यक्षका लागि ८, वडाध्यक्ष पदका लागि ४२, सदस्य ७४, महिला सदस्य ३१, दलित महिला सदस्यमा ३१ जनाले उम्मेदवारी दिएका छन् । दंगीशरणमा प्रमुख/अध्यक्षमा १० जना, उपप्रमुख/उपाध्यक्षका लागि ६, वडाध्यक्ष पदका लागि ३८, सदस्य ५७, महिला सदस्य २७, दलित महिला सदस्यमा २४ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै बंगलाचुलीमा प्रमुख/अध्यक्षमा ४ जना, उपप्रमुख/उपाध्यक्षका लागि ४, वडाध्यक्ष पदका लागि २३, सदस्य ४२, महिला सदस्य २१, दलित महिला सदस्यमा २१ जनाले उम्मेदवारी दिएका छन् । बबईमा प्रमुख/अध्यक्षमा ७ जना, उपप्रमुख/उपाध्यक्षका लागि ६, वडाध्यक्ष पदका लागि ४०, सदस्य ५८, महिला सदस्य २६, दलित महिला सदस्यमा २० जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै राजपुरमा प्रमुख/अध्यक्षमा ७ जना, उपप्रमुख/उपाध्यक्षका लागि ६, वडाध्यक्ष पदका लागि ४०, सदस्य ६९, महिला सदस्य ३४, दलित महिला सदस्यमा ३२ जनाले उम्मेदवारी दिएका छन् । भने राप्तीमा प्रमुख/अध्यक्षमा ८ जना, उपप्रमुख/उपाध्यक्षका लागि ६, वडाध्यक्ष पदका लागि ५०, सदस्य ८९, महिला सदस्य ४१, दलित महिला सदस्यमा ३९ जनाले र शान्तिनगरमा प्रमुख/अध्यक्षमा ७ जना, उपप्रमुख/उपाध्यक्षका लागि ४, वडाध्यक्ष पदका लागि ३५, सदस्य ५४, महिला सदस्य २७, दलित महिला सदस्यमा २१ जनाले उम्मेदवारी दिएका छन् ।

कसले कुन पदमा दर्ता गराए
दाङका विभिन्न पालिकामा पाँच दलीय गठबन्धन, नेकपा एमाले, राप्रपा, नेकपा माले, मंगोल नेशनल अर्गनाइजेशन, विवकेशील साझा पार्टीसहित स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् । जसमा घोराही उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उमेदवार हेमराज शर्मा र उपमेयरमा कांग्रेसका उम्मेदवार भूपबहादुर डाँगीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी नेकपा एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमाकुमारी डिसीले मनोनयन दर्ता गराएका छन् । राप्रपाबाट मेयरमा सरिता देवकोटा, मालेबाट मेयरमा नेत्रप्रकाश पाण्डे र स्वतन्त्रबाट मेयरमा श्रीमनकुमार शर्मा न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।

यस्तैगरी तुलसीपुर उपमहानगरको प्रमुख र उपप्रमुख दुई पदका लागि २० जनाको उम्मेदवारी परेको छ । मेयरमा सत्ता गठबन्धनबाट गेहेन्द्र गिरी र उपमेयरमा जोगबहादुर रानाले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट तुलसीपुरको मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरीले उम्मेदवारी दर्ता गराएकी छिन् ।

नेकपा मालेबाट महेन्द्र शाह, मंगोल नेश्नल पार्टीबाट जया घर्ती, राष्ट्रिय जनमुक्ती पार्टीबाट रविन्द्र उच्च नेपाली, स्वतन्त्रबाट धर्मराज जैशी, जसपाबाट टोपबहादुर महतारा, उन्नत लोकतान्त्रिकबाट जसबिर वली, राप्रपाबाट जगधनी चौधरी, नेपाल लोकतान्त्रिक समाजवादी पार्टीबाट घनश्याम चौधरीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिए ।

त्यसैगरी उपप्रमुखमा स्वतन्त्रबाट खेमराज वली, सुशिल नेपाली, जसपाबाट धनसरा विक, मंगोल नेश्नलबाट डमबहादुर छनत्याल, नेकपा मालेबाट फगनी चौधरी, राप्रपाबाट प्रेम बहादुर शाह, राष्ट्रिय जनमुक्तीबाट सीता चौधरीले मनोनयन दर्ता गराएका छन् ।

लमही नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगीले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनमा सहमति नभएपछि लमहीमा गठबन्धनका दलहरूले एक्ला-एक्लै उम्मेदवारी दर्ता गराएका हुन् । एमालेबाट लमहीको मेयरमा डण्डीराम चौधरी उपमेयरमा सुशीला शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।लमहीमा माओवादी केन्द्रबाट वसन्त शर्माले र उपमेयरमा गंगा पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

गढवा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट यमनारायण शर्मा पोख्रेल र उपाध्यक्षमा एकीकृत समाजवादीकी शान्ति चौधरीले मनोनयन दर्ता गराएकी छन् । त्यसैगरी राप्ती गाउँपालिकामा माओवादीबाट प्रकाश विष्ट र जनमोर्चाबाट उपाध्यक्षमा केशव खनालले उम्मेदवारी दर्ता गराएका छन् । राजपुर गाउँपालिका अध्यक्षमा चक्रबहादुर खड्का र उपाध्यक्षमा पुष्पा यादव, बबई गाउँपालिकाको अध्यक्षमा एमालेको तर्फबाट भुवनेश्वर पौडेल र उपाध्यक्षमा सावित्रा विश्वकर्माले दर्ता गराउनु भएको छ । त्यस्तैगरी अध्यक्षमा भीमबहादुर वली र उपाध्यक्षमा अञ्जु घर्तीले मनोनयन दर्ता गराएका छन् ।

दंगीशरण गाउँपालिका अध्यक्षमा मणिराम चौधरी र उपाध्यक्षमा विनिता चौधरी, एमाले तर्फबाट अध्यक्षमा एमएन शाह र उपाध्यक्षमा बुधनी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै शान्तिनगर गाउँपालिकामा भागबण्डा नमिलेपछि गठबन्धन भत्किएको छ । सत्ता गठबन्धन दलको सहमति अनुसार पालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रलाई दिने र बाँकी वडामा आ-आफुले जितेका वडामा आफ्ना उम्मेदवार लिएर जाने निर्णय भएको थियो । तर अन्तिममा सहमती लागु भएको छैन् ।

अध्यक्षमा नेकपा एमालेबाट विष्णु केसी, नेपाली कांग्रेसबाट प्रमोद बस्नेत, नेकपा माओवादी केन्द्रबाट मोहनलाल वली, जनमुक्ती पार्टीबाट मित्रलाल बागचन, स्वतन्त्रबाट धनविर केसीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय शान्तिनगर गाउँपालिका सहायक निर्वाचन अधिकृत यादव भुुसालले जानकारी दिए । त्यसैगरी उपाध्यक्ष पदका लागि एमालेबाट कमला भण्डारी, कांग्रेसबाट प्रेमा कुमारी केसी र माओवादी केन्द्रबाट राधिका परियारले मनोनयन दर्ता गराएका छन् । तुलसीपुर अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे