जनलहर बढाउन एमाले महासचिव दाङमा, दशै पालिकाको चुनावी सभालाई सम्बोधन गर्ने



जनलहर बढाउन एमाले महासचिव दाङमा, दशै पालिकाको चुनावी सभालाई सम्बोधन गर्ने

घोराही १३ वैशाख । एमालेका महासचिव शंकर पोख्रेलले दाङमा हुन लागेको चुनावी सभालाई सम्बोधन गर्न आउन लागेका छन् ।

यही वैशाख ३० गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले दाङले व्यापक जनताको साथमा मनोनयन दर्ता गराएपछि जिल्लामा देखा परेको एमालेको जनलहरलाई थप बढाउन एमाले महासचिव शंकर पोख्रेल दाङ आउन लागेका हुन् ।

टिकट बितरणमा खासै समस्या नदेखिएपछि देखा परेको उत्साहलाई उर्जा दिन महासचिव पोख्रेल बुधवार दाङ आउँदै छन् । दाङका दशै पालिकामा निर्वाचनलाई लक्षित गरेर चुनाबीसभामा उनलाई विशेष सम्बोधन गराउने तयारी एमाले दाङले गरेको छ ।

जस अन्तगर्त बुधबार दिउँसो १ बजे राजपुरमा, २ बजे गढवामा ३–४ बजे राप्तीमा, ५–६ बजे लमहीमा चुनाबीसभा हुन लागि रहेको एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिए ।

यसैगरी बिहीबार ९ बजे दंगीशरणमा, ११ बजे बबैमा, १ बजे शान्तिनगरमा र ३ बजे तुलसीपुर उपमहानगरपालिकामा चुनाबी सभाको कार्यक्रम रहेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।

यसैगरी महासचिव पोख्रेलले १६ गते शुक्रबार घोराही र बंगलाचुलीमा आयोजना गर्न लागिएको चुनाबीसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसका सार्थ महासचिव पोख्रेलले नेता कार्यकर्ता, शुभेच्छुकसँग भेटघाट तथा जिल्लाको निर्वाचन तयारी सम्बन्धि जानकारी लिने र निर्देशन दिने, प्रेस चौतारी दाङको आयोजनामा पत्रकार सम्मेलनमा सहभागि हुने कार्यक्रम रहेको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिए ।

महासचिव पोख्रेल दाङमा आउन लागि रहेकाले सबै ठाउँमा हुने चुनाबीसभालाई भव्य बनाउनका लागि एमाले दाङले व्यापक तयारी अगाडी बढाएको छ । सबै पालिकामा चुनाबीसभा हुन लागि रहेको र उमेदवारहरु समेत प्रचारप्रसारमा रहेकाले पालिका केन्द्रीत उपस्थिति हुने एमालेले जनाएको छ ।

कार्यक्रमको पालिका संयोजन पालिका कमिटीले गर्नेछ । एमालेले महासचिव पोख्रेलको उपस्थितिमा आयोजना गर्न लागि रहेको चुनाबीसभामा उपस्थितिका लागि एमाले दाङले सबैमा अनुरोध गरेको छ ।

एमालेले दाङको ६ पालिकामा यस अगाडी जीत दर्ज गराएकाले पनि आफ्नो बर्चश्व कायम गर्न सिंगो पार्टीलाई निर्वाचनमा परिचालित गरेको छ । निर्वाचनका लागि उमेदवारी दर्ता कार्यक्रममा एमालेको ¥यालीमा विशाल सहभागिता भएकाले र अन्य दलहरुको ¥यालीमा चित्तबुझ्दो सहभागिता नभएका कारण लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएका पोख्रेलले दाङमा देखा परेको एमालेप्रतिको जनलहरलाई बढाउन आफ्नो तर्फबाट विशेष भूमिका खेल्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे