एमालेद्वारा लमहीमा निर्वाचन परिचलान गर्न विभिन्न समिति गठन



एमालेद्वारा लमहीमा निर्वाचन परिचलान गर्न विभिन्न समिति गठन

लमही १३ वैशाख । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर लमहीमा नेकपा एमालेले निर्वाचन परिचालन गर्न विभिन्न निर्णय गरेको छ ।

नेकपा एमाले लमही नगर कमिटिको बैठकबाट रतनकुमार केसीको संयोजकत्वमा मुल परिचालन समिति गठन गरेको छ । जसको सहसंयोजकमा लक्ष्मी शर्मा, सचिवमा शिवराज गिरी र सदस्यहरुमा जिल्ला कमिटि सबै सदस्य, नगर कमिटिको सबै पदाधिकारी, वडा तथा विभिन्न जनवर्गिय संगठनका सबैलाई समेटिएको छ ।

निर्वाचनलाई लक्षित गरेर पवन शर्मा रिजालको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ । जसका सहसंयोजकमा भानु जोशी र सचिवमा दशरथ घिमिरे रहनु भएको छ ।

यसैगरी धुपनारायण चौधरी संयोजक रहेको आर्थिक संकलन समिति गठन गरिएको छ । सहसंयोजकमा गोपाल ज्ञवाली र सचिवमा रेशम केसी रहनु भएको छ । कार्यालय व्यवस्थापनको संयोजकमा वेदनिधि धिताल, सहसंयोजकमा अवजर अली, सचिवमा गोपाल विक रहनु भएको छ ।

राजेश क्षेत्री संयोजक र अनुप बुढा सहसंयोजक रहेको सांस्कृतीक समिति गठन गरिएको छ । निर्वाचन अनुगमन गर्न रेवतीरमण शर्मा, सरस्वती गौतम, कुलबहादुर केसी, नारायण डाँगी छम्पाली, वेदनिधि धिताल, डिल्लीबहादुर खड्का, पुनाराम अधिकारी रहरनु भएको छ ।

नेकपा एमाले लमही नगर कमिटिका अध्यक्ष दण्डिराम चौधरीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे