अध्यक्ष पदमा निर्वाचित भए सरकारी सेवा सुविधा लिदैन : विष्ट



अध्यक्ष पदमा निर्वाचित भए सरकारी सेवा सुविधा लिदैन : विष्ट

भालुवाङ १३ वैशाख । दाङको राप्ती गाउँपालिकामा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका प्रकाश विष्टले कुनै पनि प्रकारको सरकारी सेवा सुविधा नलिने बताएका छन् ।

समाजिक सञ्जाल फेसबुकमा उनले सो कुरा लेखेका छन् । नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका विष्टले आफु निर्वाचित भएपछि सरकारबाट पाउने सरकारी सेवा सुबिधाबाट गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति,आर्थिक अभावका कारण उपचार गर्न नसक्ने ब्याक्ती तथा परिवारका लागि सहयोग र खाना नाना र छानाको अभावमा तड्पिरहेकाहरुको लागि खर्च गर्ने बताएका छन् ।


साथै उनले शासक नभई सेवक भएर जनताको सेवा गर्ने,
यहाँका सबै जनतालाई स्वस्थ बनाउनका लागि स्वास्थ्य पुर्वाधार तयार गर्ने र अस्पतालको सुधार गर्ने, हरेक नागरिकलाई आफ्नो डाक्टर आफै बन्ने अवसर प्रदान गर्ने,
दक्ष जनशक्ति तयार गर्नका लागी सिपमुलक शिक्षा प्रदान गर्ने, पढदै कमाउदै कार्यक्रमलाई लागु गर्ने योजना अगाडि सारेका छन् ।

त्यसै गरि उनले आबश्यक जनशक्ति उत्पादन गर्न शिक्षा क्षेत्रको लगानी वृद्धि गर्ने, निशुल्क शिक्षा प्रदान गर्ने खाना, नाना र छानाको अभावमा छट्पटाइरहेका परिवारलाई मल्हम पट्टी लगाउने, आर्थिक पार्दर्शिता सहितको गाउँपालिका निर्माण गर्ने, लगानीको बाताबरण र रोजगारीका अवसर सिर्जना गर्दै उत्पादनमुखी बनाउने, अन्तर्राष्ट्रिय श्रम बजारको सिप, ज्ञान र अनुभवलाई पालिकाबासिको निम्ति लगाउने,
अग्रजहरुको संमान गर्दै धेरै भन्दा धेरै युवा पुस्तालाई स्थानीय सरकार सङ्ग जोड्ने योजना रहेको बताएका छन् ।

युवाहरूलाई कुलतबाट बचाउनका लागि लागुऔषध मुक्त गाउँपालिका घोषणा गर्ने, सडक सुरक्षाका निम्ति बिशेष संयन्त्र निर्माण गरि सडक निर्माणलाई ब्यबस्थित तरिकाले जोडने, व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर यस गाउँपालिकावासिका लागि काम गर्ने साझा थलो बनाउने
कृषि बजारलाई सुनिश्चित गरि संकलन केन्द्रहरु स्थापना गर्ने
कृषि उत्पादनमा जोड गर्दै किसानको समस्याहरुलाई बैज्ञानिक ढंगले हल गर्ने, कृषि बजारीकरणका लागि कृषि एम्बुलेन्सहरुको ब्यबस्था गर्ने, सुकुम्बासीहरुका लागि निस्सा दिने कामलाई प्राथमिकतामा राख्ने, समाजबादको यात्रामा समर्पित हुने बताएका छन् ।

त्यसैले आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि गोलाकार भित्रको हसिया हथौड़ा र उपाध्यक्ष पदका लागि गिलास चिन्हमा अमुल्य मतदान दिएर साझा समृद्ध ,सबल र सबैको पालिका बनाउन अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष पदमा केशवराज खनाललाई अमुल्य भोट दिएर निर्वाचित गराउनुहुन समेत हार्दिक अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे