दाङमा बिहान ११ बजे सम्म २३ सय बढीको मनोनयन दर्ता, अझै संख्या बढ्ने अनुमान



दाङमा बिहान ११ बजे सम्म २३ सय बढीको मनोनयन दर्ता, अझै संख्या बढ्ने अनुमान

दाङ १३ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दाङमा ५२० पदका लागि मंगलबार बिहान ११ बजेसम्म २ हजार ३ सय ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण प्रसाद भण्डारीका अनुसार जिल्लाका दुई उपमहानगरसहित १० पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र एक सय वटा वडा अध्यक्ष र सदस्य पदका लागि मंगलबार बिहान ११ बजेसम्म २ हजार ३ सय ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार बिहान ११ बजेसम्मको जानकारी अनुसार २ हजार ३ सय ६४ जनाको उम्मेदवारी दर्ता भएको हो । सबै स्थानमा दर्ता सम्पन्न भैसकेपनि सर्भरमा आएको समस्याका कारण डाटा ईन्ट्री हुन बाँकी रहेकाले दर्ता संख्या अझै वृद्धि हुन सक्ने अनुमान रहेको प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए ।

उनका अनुसार १० पालिका मध्य घोराही उपमहानगरपालिका र शान्तिनगर गाउँपालिकाको उम्मेदवारी दर्ता सम्पन्न भैसकेको छ । भने अन्य पालिकाको डाटा ईन्ट्री हुन जारी रहेको छ । जिल्लामा प्रमुख/अध्यक्ष पदमा ८५ जना, उपमेयर/उपाध्याक्ष पदमा ६२, वडाध्यक्ष पदमा ५४२, खुल्ला सदस्य पदमा ८८६ जना, महिला सदस्य पदमा ४१८ जना र दलित महिला सदस्य पदमा ३७१ जनाको उम्मेदवारी परेको छ । 

जसमध्ये घोराही उपमहानगरपालिकामा ४४०, तुलसीपुरमा ५१८, लमहीमा २०९, दंगीशरणमा १६१ जना, गढवामा १९५ जना, राप्तीमा २३३, राजपुरमा १८८ जना, बंगलाचुलीमा ११५ जना, शान्तिनगरमा १४८ जना र बबईमा १५७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ता गराउने समय दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे