राप्ती गाउँपालिकामा २ महिलाको पालिका अध्यक्ष पदमा उम्मेदवारी दर्ता



राप्ती गाउँपालिकामा २ महिलाको पालिका अध्यक्ष पदमा उम्मेदवारी दर्ता
  • भालुवाङ १३ वैशाख । दाङको राप्ती गाउँपालिकामा पालिका अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ ।

संविधान जारी भएपछि दोस्रो पटक वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट जगदम्बाकुमारी चाैधरी र नेकपा एकीकृत समाजवादी पार्टीबाट सीता नेपालीले पालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

चाैधरी यस अघि पहिलो स्थानीय तह निर्वाचनबाट उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । भने नेपाली राजनीतिमा पहिलो पटक आएकी छिन् । आ- आफ्नो एजेन्डा लिएर चुनावमा होमिना लागेका यी दुई महिला दाङमा पहिलो पटक पालिका अध्यक्षमा उम्मेदवारी दिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे