राप्ती गाउँपालिकामा २३३ जना सहित दाङमा १६७० जनाकाे मनोनयन दर्ता



राप्ती गाउँपालिकामा २३३ जना सहित दाङमा १६७० जनाकाे मनोनयन दर्ता

दाङ १३ वैशाख । आउँदो वैशाख ३० गते हुन गई रहेको स्थानीय तहको निर्वाचनका लागि सोमबार राती १०: ३० बजे सम्म १ हजार ६ सय ७० जनाले मनोनयन दर्ता गराएका छन् । आईतबार र सोमबार बेलुका सवा सात बजेसम्मको अपडेट अनुसार १६७० जनाले मनोनयन दर्ता गराएका हुन् । दाङका १० वटै पालिकामा विभिन्न पार्टीहरुले  झाँकी जुलुस सहित मनोनयन दर्ता गर्न  पुगेका थिए ।

दाङका दश पालिकामा मनोनयन दर्ता गराउनेमा प्रमुख पदका लागि मात्रै ७३ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी उपमेयर/उपाध्यक्षका लागि ४८ जनाको मनोनयन दर्ता भएको छ । त्यसैगरी दाङमा भएका एक सय वटा वडाका लागि ३९५ जना वडा अध्यक्षकाे मनोनयन दर्ता भएको छ । सदस्यका लागि ६१३, महिला सदस्यका लागि २९१ र दलित महिला सदस्यका लागि २५० जनाको मनोनयन दर्ता भएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश कार्यालय दाङले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा ४४० जनाको मनोनयन दर्ता भएको छ । जसमध्ये मेयरका लागि मात्रै १५ जना, उपमेयरका लागि ८ जना, वडाध्यक्षका लागि १०८ जना, सदस्यका लागि १६१ जना, महिला सदस्यका लागि ७८ जना र दलित महिला सदस्यका लागि ७० जनाले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा २७६ जनाले मनोनयन दर्ता गरेका छन् ।

मेयरका लागि १२ जना, उपमेयर/उपाध्यक्षका लागि ७ जना, वडाध्यक्षका लागि ७२ जना, सदस्यका लागि १०८ जना, महिला सदस्यका लागि ४६ जना र दलित महिला सदस्यका लागि ३१ जनाले मनोनयन दर्ता गराएका छन् ।

लमही नगरपालिकामा ७२ जनाको मनोनयन दर्ता भएको छ । जसमा मेयरका लागि ३ जना, उपमेयर÷उपाध्यक्षका लागि ३ जना, वडाध्यक्ष १६ जना, सदस्य २६ जना, महिला सदस्य १३ जना दलित सदस्य ११ जनाको मनोनयन दर्ता भएको छ । राप्ती गाउँपालिकामा २३३ जनाको मनोनयन दर्ता भएको छ । जसमा प्रमुख ८ जना, उपप्रमुख ६ जना, वडाध्यक्ष ५० जना, सदस्य ८९ जना, महिला सदस्य ४१, दलित महिला सदस्य ३९ जनाको मनोनयन दर्ता भएको छ ।

गढवा गाउँपालिकामा जम्मा ५५ जनाको मनोनयन दर्ता भएको छ । प्रमुखका लागि ३ जना, उपप्रमुखका लागि २ जना, वडाध्यक्षका लागि १० जना, सदस्य २० जना, महिला सदस्य १० जना, दलित महिला सदस्य १० जनाको मनोनयन दर्ता भएको छ ।

दंगीशरण गाउँपालिकामा ५८ जनाको मनोनयन दर्ता भएको छ । जसमा प्रमुख ७ जना, उपप्रमुख २ जना, वडाध्यक्ष १३ जना, सदस्य १९ जना, महिला सदस्य १० जना, दलित महिला सदस्य ७ जना मात्रको उम्मेदवारी दर्ता भएको छ ।

बंगलाचुली गाउँपालिकामा ११५ जनाको मनोनयन दर्ता भएको छ । जसमा प्रमुख ४ जना, उपप्रमुख ४ जना, वडाध्यक्ष २३ जना, सदस्य ४२, महिला सदस्य २१, दलित महिला सदस्य २१ जनाको मनोनयन दर्ता भएको छ । भने बबई गाउँपालिकामा १५७ जनाको मनोनयन दर्ता भएको छ । जसमा प्रमुखमा ७ जना, उपप्रमुख ६ जना, वडाध्यक्ष ४० जना, सदस्य ५८ जना, महिला सदस्य २६ जना, दलित महिला सदस्य २० जनाको उम्मेदवारी मनोनयन भएको छ ।

त्यसैगरी राजपुर गाउँपालिकामा १८८ जनाको मनोनयन दर्ता भएको छ । जसमा प्रमुख ७ जना, उपप्रमुख ६ जना, वडाध्यक्ष ४० जना, सदस्य ६९ जना, महिला सदस्य ३४ जना, दलित महिला सदस्य ३२ जना र शान्तिनगर गाउँपालिकामा ७६ जनाको मनोनयन दर्ता भएको छ । जसमा  प्रमुख ७ जना, उपप्रमुख ४ जना, वडाध्यक्ष २३ जना, सदस्य २१ जना, महिला सदस्य १२, दलित महिला सदस्य ९ जनाको मनोनयन दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे