राप्ती गाउँपालिका अध्यक्षमा २ र वडा अध्यक्षमा १ जना गरी ३ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता



राप्ती गाउँपालिका अध्यक्षमा २ र वडा अध्यक्षमा १ जना गरी ३ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता

भालुवाङ १२ वैशाख । राप्ती गाउँपालिकामा पालिका अध्यक्ष पदका लागि २ जना र वडा अध्यक्षका लागि १ जना गरी ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय मसुरीया पुगि तीनै जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । पालिका अध्यक्ष पदका लागि कांग्रेसबाट टिकट नपाएका राप्ती गाउँपालिका ४ मौरीघाट निवासी स्वर्गीय श्रीनाराणका छोरा बुद्धिप्रकाश चौधरी र वडा नम्बर ८ बिजौरी निवासी सेवा निवृत्त शिक्षक समेत रहेका रमेश चौधरीले पालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै माओवादी केन्द्रबाट वडा अध्यक्षमा टिकट नपाए वडा नम्बर ६ निवासी बिर्खबहादुर महराले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि कांग्रेसले पालिका अध्यक्षका लागि बुद्धिप्रकाश चौधरीलाई टिकट नदिई जगदम्बाकुमारी चौधरीलाई टिकट दिएकाले कांग्रेस विरुद्ध आफुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका छन् । सोमवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि अन्तरघात गरेको र अहिले आएर पनि पार्टी भित्र गुटबन्दी गरेर रातारात उम्मेदवारी टुंगो लगाएको बताए । यस्तै रमेश चौधरी लामो समय कांग्रेसमा रहेको र हाल कुनै पार्टीमा आवद्ध नभएकोले समग्र गाउँपालिकाको विकास सँगै स्वास्थ्य, शिक्षा, खानेपानी, विकासका पुर्वधार लगायतको क्षेत्रलाई विशेष प्राथामिकता दिएको उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे