राप्तीमा माओवादी र जनमोर्चाको संयुक्त गठबन्धनद्वारा उम्मेदवारी मनोनयन दर्ता



राप्तीमा माओवादी र जनमोर्चाको संयुक्त गठबन्धनद्वारा उम्मेदवारी मनोनयन दर्ता

भालुवाङ १२ वैशाख । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले सोमबार उम्मेदवारी दर्ता गराएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि संयुक्त गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट प्रकाश बिष्टले उम्मेदवारी दर्ता गराएका छन् ।

भने उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाको तर्फबाट केशबराज खनालले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडा नम्बर १ मा वडा अध्यक्ष पदमा जनमोर्चाको तर्फबाट ठाकुरप्रसाद आचार्य, वडा नम्बर २ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट पहलमान चौधरी (अनुप), वडा नम्बर ३ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट तुला गिरी, वडा नम्बर ४ मा अध्यक्ष पदमा जनमोर्चाको तर्फबाट वीरबहादुर चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसै गरि वडा नम्बर ५ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट चित्रबहादुर थापा मगर, वडा नम्बर ६ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट दिपक चौधरी, वडा नम्बर ७ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट सुरेशकुमार चौधरी, वडा नम्बर ८ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट रामचन्द्र चौधरी र वडा नम्बर ९ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट रिमबहादुर सुनारी मगरले उम्मेदवारी दर्ता गराएका छन् ।

लामो समयको छलफल पछि माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा बिच चुनाबी तालमेल गरेर जाने सहमति भएको हो । ४७ जना जनप्रतिनिधि मध्ये राष्ट्रिय जनमोर्चाले पालिका उपाध्यक्ष सहित २ वडामा वडा अध्यक्ष सहित ६ जना सदस्य पाएको छ । भने माओवादी केन्द्रले ३८ जना पाएको छ ।

५ दलिय गठबन्धन मध्य राप्तीमा माओवादी केन्द्र र जनमोर्चाले गठबन्धन गरेका हुन । नेपाली कांग्रेस, जनता समाजबादी पार्टी र नेकपा एकीकृत समाजबादी पार्टी भने एकला एक्लै निर्वाचनमा होमिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे