राप्तीमा कांग्रेसबाट पालिका अध्यक्षका लागि टिकट नपाएपछि चौधरीद्धारा स्वतन्त्र उम्मेदवारी दर्ता



राप्तीमा कांग्रेसबाट पालिका अध्यक्षका लागि टिकट नपाएपछि चौधरीद्धारा स्वतन्त्र उम्मेदवारी दर्ता

भालुवाङ १२ वैशाख । कांग्रेस नेता बुद्धिप्रकाश चौधरीले दाङको राप्ती गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि कांग्रेसले पालिका अध्यक्षका लागि चौधरीलाई टिकट नदिएपछि कांग्रेस विरुद्ध आफुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका छन् । आफुले पाउनु पर्ने टिकट अन्तिम अवस्थामा आएर जगदम्बाकुमारी चौधरीलाई दिएपछि आफु असन्तुष्ट भएको चौधरीले बताए ।

सोमवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् । स्वर्गीय श्रीनाराण चौधरीका छोरा समेत रहेका चौधरीले अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि अन्तरघात गरेको र अहिले आएर पनि पार्टी भित्र गुटबन्दी गरेर रातारात उम्मेदवारी टुंगो लगाएको बताए ।

पार्टीबाट आफुले टिकट पाउने निश्चित भए पनि पार्टी भित्रै चलखेल गरि मै खाँउ मै लाउ भन्ने कुरा हाँवी हुँदै गएको आरोप समेत लगाएका छन् । उनले वर्तमान स्थानीय सरकार प्रमुखको काम अधुरै रहेकोले ती अधुरा काम पुरा गर्न र समग्र गाउँपालिकाको विकासका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे