महानगर/उपमहानगरमा सत्ता गठबन्धनका उम्मेदवार: जताततै पुरूषैपुरूष



महानगर/उपमहानगरमा सत्ता गठबन्धनका उम्मेदवार: जताततै पुरूषैपुरूष
काठमाडाैँ १२ बैशाख । वैशाख ३० गते हुने स्थानीय चुनावका लागि आज मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगले दुई दिनको समय दिए पनि प्रमुख दलहरूले सोमबारमात्रै मनोनयन दर्ता गरेका छन्। सत्तागठबन्धनमा रहेका र प्रतिपक्षी नेकपा एमाले र उसले तालमेल गरेका दलले कतिपय ठाउँमा अन्तिम समयमा मात्रै उम्मेदवार टुंगो लगाएका छन्।

देशका ६ महानगर र ११ उपमहानगरमा मेयर र उपमेयरको उम्मेदवारी दर्ता लगभग सकिएको छ। १७ महानगर र उपमहानगरमा सत्तारूढ गठबन्धन र एमालेबाट पाँच महिलालाई मात्रै मेयरको उम्मेदवार बनाइएको छ।

एउटा दलले स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मदवारी दिँदा एक जना महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि एकातिर गठबन्धनका दलले दुबै पदमा पुरूष उम्मेदवार उठाएका छन् भने अर्कातिर महिलालाई उपमेयरमा सिमित राखेका छन्।  सत्ता गठबन्धनले ११ मध्ये ८ उपहानगरपालिकामा प्रमुख र उपप्रमुखमा पुरूषलाई उम्मेदवार बनाएको छ।

सत्ता गठबन्धनले ६ मध्ये २ महानगरपालिकामा महिलालाई मेयरको उमेदवार बनाएका छन्। २०७४ को निर्वाचनमा भरतपुर महानगरपालिकामा मात्रै प्रमुखमा महिला थिए। भरतपुर महानगरपालिकामा माओवादी र कांग्रेसको गठबन्धबाट रेनु दाहाल प्रमुख बनेकी थिइन्। यसपटकपनि रेणु प्रमुखको उमेदवार बनेकी छन्।

काठमाडौं महानगरपालिकामा सिर्जना सिंह प्रमुखको उमेदवार बनेकी छन्। सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी सिहंले उमेदावरी दिएकी हुन्। नेकपा एमालेले दुई उपमहानगरपालिकामा महिलालाई प्रमुखमा उम्मेदवार बनाएको छ। एमालालेले राप्रपा नेपाल र परिवार दलसँग गठबन्धन गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)सँग पनि कतिपय पालिकामा गठबन्धन गरेको छ।

एमालेले जितपुर सिमरा उपमहानगरपालिका र धरान उपमहानगरपालिकामा प्रमुखमा महिलालाई अघि सारेको छ। जितपुर सिमरामा यसअघि २०७४ मा उपप्रमुख बनेकी सरस्वतीदेवी चौधरी एमालेबाट मेयरको उम्मेदवार बनेकी छन्।

त्यस्तै धरानमा यसअघि उपमेयर बनेकी मञ्जु भण्डारीलाई एमालेले मेयरको उम्मेदवार बनाएको छ। एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकामा महिलालाई अघि सारेको छ।

मीनाकुमारी लामा मेयर उम्मेदवार बनेकी छन्। उनी सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन्। २०७४ को निर्वाचनमा उनी एमालेबाट उपमेयरमा निर्वाचित भएकी हुन्। ११ उपमहानगरपालिका मध्ये कुनैमा पनि यसअघि महिला मेयर बनेका थिएनन्।

गठबन्धनका कारण प्रमुख/उपप्रमुखमा पुरूष हाबी

गठबन्धन भएका कारण ललितपुरमा मेयर र उपमेयरको उम्मेदवार पुरूष छन्। मेयरमा कांग्रेसका चिरिबाबु महर्जन छन् भने नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य उपमेयरको उम्मेदवार बनेका छन्।

विराटनगरमा गठबन्धनको तर्फबाट काग्रेसका नागेश कोइराला मेयरको उम्मेदवार बनेका छन्। त्यस्तै उपमेयरमा जसपाका अमरेन्द्र यादव उम्मेदवार बनेका छन्। वीरगन्ज महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार राजेशमान सिंह बनेका छन् भने उपमेयरमा इम्तियाज आलम उपमेयर उम्मेदवार बनेका छन्।

एमालेले पनि वीरगन्जमा लोकतान्त्रिक समाजावादी पार्टी (लोसपा)सँग तालमेल गरेको छ। एमालेका तर्फबाट विजय सरावगी मेयरको उम्मेदवार बनेका छन् भने लोसपाका पुरूषोत्तम झा उपमेयरको उम्मेदवार बनेका छन्। चुनावको नतिजा अहिले नै अनुमान गर्न त सकिँदैन तर वीरगन्जमा जित्ने सम्भावित मेयर र उपमेयरका सबै उम्मेदवार पुरूष मात्रै छन्।

११ उपमहानगरपालिकामध्ये धरानमा गठबन्धनको तर्फबाट किशोर राई मेयरका उम्मेदवार बनेका छन् भने उपमेयरमा माओवादीका अइन्द्र बिक्रमा बेघा उम्मेदवार बनेका छन्। त्यस्तै इटहरीमा हेमकर्ण पौडेल कांग्रेसका तर्फबाट मेयरको उम्मेदवार बनेका छन् भने एकीकृत समाजवादीका केशवकुमार बिष्टले उपमेयरमा उम्मेदवारी दिएका छन्।

जनकपुर उपमहानगरपालिकामा जसपाले लालकिशोर साहलाई मेयरको उम्मेदवार बनाएको छ भने कांग्रेसका किशोरी साहलाई उपमेयर उम्मेदवार बनेका छन्। बाराको कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेसका राजेश राय यादव मेयरको उम्मेदवार बनेका छन् भने जसपाका प्रमोद गुप्ता उपमेयर उम्मेदवार बनेका छन्।

बुटवलमा गठबन्धनको तर्फबाट  नेपाली काग्रेसका खेलराज पाण्डेले मेयरमा उम्मेदवारी दिएका छन् भने एकीकृत समाजवादीका चीनबहादुर गुरूङ उपमेयरको उम्मेदवार बनेका छन्।

घोराही नगरपालिकामा नेकपा माओवादी केन्द्रका हेमराज शर्माले मेयरमा र कांग्रेसका भुपबहादुर डाँगी उपमेयरको उम्मेदवार बनेका छन्। तुलसीपुरको मेयरमा नेपाली काग्रेसका गेहेन्द्र गिरी मेयर र एकीकृत समाजवादीका जंगबहादुर राना मगर उपमेयरको उम्मेदवार बनेका छन्। नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त बिष्ट मेयर र कमरुद्धिन राई उपमेयरका उम्मेदवार बनेका छन्।

एमालेले उपमहानगरपालिकामा कुनै पनि दलसँग गठबन्धन नगरेकाले सबैमा प्रमुख र उपप्रमुखमा महिला  र पुरूषलाई उम्मेदवार बनाएको छ। उसले ११ मध्ये २ उपमहानगरपालिकामा महिलालाई मेयरको उम्मेदवार बनाएको छ।

हेर्नुस् सत्ता गठबन्धन र एमाले गठबन्धनबाट को-को बने महानगर/उपमहानगरमा मेयर र उपमेयर:

सत्ता गठबन्धनबाट

काठमाडौं

सिर्जना सिंह (मेयर, कांग्रेस)

रामेश्वर श्रेष्ठ (उपमेयर, एकीकृत समाजवादी)

ललितपुर

चिरिबाबु महर्जन (मेयर, कांग्रेस)

बाबुराजा बज्राचार्य (उपमेयर,माओवादी केन्द्र)

पोखरा

धनराज आचार्य (मेयर, एकीकृत समाजवादी)

कोपिला रानाभाट (उपमेयर, कांग्रेस)

भरतपुर

रेनु दाहाल (मेयर, माओवादी)

चित्रसेन अधिकारी (उपमेयर, कांग्रेस)

वीरगन्ज

राजेशमान सिंह (मेयर, जनता समाजवादी)

इम्तियाज आलम (उपमेयर, कांग्रेस)

विराटनगर

नागेश कोइराला (मेयर, कांग्रेस)

अमरेन्द्र यादव (उपमेयर, जनता समाजवादी)

एमाले गठबन्धनबाट

काठमाडौं

केशव स्थापित (मेयर)

सुनिता डंगोल (उपमेयर)

ललितपुर

रामकृष्ण व्यन्जनकार (मेयर)

मञ्जली शाक्य (उपमेयर)

पोखरा

कृष्ण थापा (मेयर)

मन्जुदेवी गुरूङ (उपमेयर)

भरतपुर

विजय सुवेदी (मेयर)

हिमाला गुरूङ (उपमेयर, राप्रपा)

वीरगन्ज

विजय सरावगी (मेयर)

पुरूषोत्तम झा (उपमेयर, लोकतान्त्रिक समाजवादी)

विराटनगर

सागर थापा (मेयर)

शिल्पा कार्की (उपमेयर)

उपमहानगरमा सत्ता गठबन्धनबाट

धनगढी

नृप वड (मेयर, कांग्रेस)

शान्ति अधिकारी (उपमेयर, माओवादी)

नेपालगन्ज

प्रशान्त बिष्ट (मेयर, कांग्रेस)

कमरूद्दिन राई (उपमेयर, जनता समाजवादी)

तुलसीपुर

गेहेन्द्र गिरी (मेयर, कांग्रेस)

जोगबहादुर राना मगर (उपमेयर, एकीकृत समाजवादी)

घोराही

हेमराज शर्मा (मेयर, माओवादी केन्द्र)

भुपबहादुर डाँगी (उपमेयर, कांग्रेस)

बुटवल

खेलराज पाण्डे (मेयर, कांग्रेस)

चीनबहादुर गुरुङ (उपमेयर, एकीकृत समाजवादी)

हेटौंडा

मीनाकुमारी लामा (मेयर, एकीकृत समाजवादी)

राजेश बानियाँ (उपमेयर, कांग्रेस)

जितपुर सिमरा

राजन पौडेल (मेयर, माओवादी)

मेघा शाही (उपमेयर, कांग्रेस)

कलैया

राजेश राय यादव (मेयर, कांग्रेस)

प्रमोद गुप्ता (उपमेयर, जनता समाजवादी)

जनकपुरधाम

लालकिशोर साह (मेयर, जनता समाजवादी)

किशोरी साह (उपमेयर, कांग्रेस)

इटहरी

हेमकर्ण पौडेल (मेयर, कांग्रेस)

केशवकुमार बिष्ट (उपमेयर, एकीकृत समाजवादी)

धरान

किशोर राई (मेयर, कांग्रेस)

अइन्द्र बिक्रमा बेघा (उपमेयर, माओवादी केन्द्र)

एमालेबाट

धनगढी

रणबहादुर चन्द (मेयर)

कन्दकला रानाथारू  (उपमेयर)

नेपालगन्ज

पशुपति दयाल मिश्र (मेयर)

शान्ति ढकाल (उपमेयर)

तुलसीपुर

टीकाराम खड्का (मेयर)

स्यानी चौधरी (उपमेयर)

घोराही

नरूलाल चौधरी (मेयर)

हुमा डिसी (उपमेयर)

बुटवल

बाबुराम भट्टराई (मेयर)

सावित्रा अर्याल (उपमेयर)

हेटौंडा

अनन्तप्रसाद पौडेल (मेयर)

सुमित्रा काफ्ले (उपमेयर)

जितपुर-सिमरा

सरस्वती चौधरी (मेयर)

भोला अधिकारी (उपमेयर)

कलैया

विनोद साह (मेयर)

रोशन प्रविन (उपमेयर)

जनकपुर

शिवशंकर साह (मेयर)

रूना झा (उपमेयर)

इटहरी

याम सुब्बा (मेयर)

संगीता चौधरी (उपमेयर)

धरान

मन्जु भण्डारी सुवेदी (मेयर)

पदम इस्वो (लिम्बु) (उपमेयर)

साभार : सेताे पाटी डटकमबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे