राप्ती गाउँपालिकामा एमालेको उम्मेदवारी मनोनयन दर्ता



राप्ती गाउँपालिकामा एमालेको उम्मेदवारी मनोनयन दर्ता

भालुवाङ १२ वैशाख । राप्ती गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षमा जगतप्रसाद पोख्रेल र उपाध्यक्षमा कमलापती चौधरीले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पोख्रेलले अध्यक्षमा र चौधरीले उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको राप्ती गाउँपालिकाको निर्वाचनलाई महत्त्वका साथ हेरिएको छ ।

तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलको पालामा यहाँ राजधानी घोषणा भएको थियो ।राजधानीको व्यवस्थापन र कार्यान्वयनका लागि एमालेका उम्मेदवारले पहिलो प्राथमिकता दिने प्रतिक्रिया दिएका छन ।

पञ्चेकाजा सहित झाँक्री र र्याली सहित मनोनयन दर्ता गराउन पुगेका थिए। राप्तीका ८ वटा वडामा एमालेले मनोनयन दर्ता गराएको छ । एमालले मात्र ४७ जनाले विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छ । यो पालिकामा अघिल्लो चुनावमा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे