राप्तीमा पाँच दलीय गठबन्धन भत्कियाे, काँग्रेस जसपा र एस एक्लाएक्लै चुनाब लड्ने



राप्तीमा पाँच दलीय गठबन्धन भत्कियाे, काँग्रेस जसपा र एस एक्लाएक्लै चुनाब लड्ने

भालुवाङ १२ वैशाख । राप्ती गाउँपालिकामा ५ दलीय गठबन्धन भत्किएको छ ।

नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र, राजमो, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी बीच गठबन्धन हुने भनेता पनि अन्तिम अवस्थामा आएर  भत्किएको छ ।

५ दलीय गठबन्धन भत्किए पनि नेकपा माओवादी केन्द्र र राजमोले भने तालमेल गरेर जाने टुंगो लगाएर उम्मेदवार बाडफाँड गरि चुनावमा होमिन थालेका छन् ।

यता नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी भने एक्ला एक्लै चुवान लड्ने तयारी गरेको सम्बन्धित पार्टी का नेताहरूले बताएका छन् ।

भागबण्डामा कुरा नमिलेपछि गठबन्धनबाट बाहिरिएको नेपाली कांग्रेसले गएराती आफ्नो पार्टीबाट उम्मेदवार टुंगो लगाएको छ ।

कांग्रेसले गाउँपालिका अध्यक्षमा जगदम्बाकुमारी चाैधरी र उपाध्यक्षमा हरि भुसाललाई छनाैट गरेको छ । भने १ नम्बर वडा अध्यक्षमा श्यामलाल, पोख्रेल, २ नम्बर वडा अध्यक्षमा युवराज भुसाल ,३ नम्बर वडा अध्यक्षमा उमेश अधिकारी, ५ नम्बर वडा अध्यक्षमा गोवर्धन रावत, ७ नम्बर वडा अध्यक्षमा विद्याशरण चाैधरी र ८ नम्बर वडा अध्यक्षमा प्रभाकरणदेव चाैधरीलाई छनाैट गरेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र र राजमोको गठबन्धनले अध्यक्षमा प्रकाश विष्टलाई उम्मेदवार बनाउन यस अघि नै सहमति भइसकेको र उपाध्यक्ष लगायत अन्य पदको उम्मेदवार भने सार्वजनिक गरेको छैन, यस्तै नेकपा एकीकृत समाजवादी पार्टी एक्लै चुनाव लड्न थालेको पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य अर्जुन अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार गाउँपालिका अध्यक्षमा मुकुन्दराज रोका छनाैट भएपनि अन्य पदका लागि सहमति जुट्न नसकेपछि उम्मेदवार छनाैट गर्न नसकिएको प्रदेश कमिटी सदस्य अधिकारीले बताए ।

यता जनता समाजवादी पार्टीले नेपाली कांग्रेस सँग तालमेल गर्न खोजेको छ । सहमती भए तालमेल गरेर जाने सहमति नभए एक्लै चुनावमा लड्ने पार्टीका राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदीले जानकारी दिएका छन् । तालमेल गर्न दुवै पार्टी बीच अहिले पनि छलफल चलिरहेको एक नेताले बताएका छन् । राप्ती गाउँपालिकामा नेकपा एमाले भने एक्लै चुनाव लड्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे