एमाले राप्तीले टुंगायो ९ वटै वडाका उम्मेदवार, ११ बजे मनोनयन दर्ता गराइने



एमाले राप्तीले टुंगायो ९ वटै वडाका उम्मेदवार, ११ बजे मनोनयन दर्ता गराइने

भालुवाङ १२ वैशाख । नेकपा एमाले राप्ती गाउँपालिका कमिटीले पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष सहित ९ वटै वडाका उम्मेदवार छनाैट गरि अन्तिम टुंगो लगाएको छ ।

लामो मेहनत र संघर्षबाट उम्मेदवारको टुंगो लगाएको पार्टीका राप्ती गाउँपालिका कमिटी सचिव भरतमणी न्याैपानेले जानकारी दिएका छन् ।

छनाैट भएका उम्मेदवारहरूमा पालिका अध्यक्षमा जगतप्रसाद पोख्रेल, उपाध्यक्षमा कमलापती चाैधरी, वडा नम्बर १ को अध्यक्षमा  गेमबहादुर खड्का, २ को अध्यक्षमा हिमानन्द पाण्डे, ३ काे अध्यक्षमा सन्तोष अधिकारी, ४ को अध्यक्षमा नन्दराज चाैधरी, ५ को अध्यक्षमा देवप्रसाद चाैधरी, ६ को अध्यक्षमा हरिचन्द्र चाैधरी, ७ को अध्यक्षमा सिताराम चाैधरी, ८ को अध्यक्षमा चन्द्रबहादुर गुरूङ र ९ को अध्यक्षमा बालाराम बुढामगर रहेका छन् ।

यसै बीच छनाैट भएका उम्मेदवारहरूले आज विहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय मसुरीयामा मनोनयन दर्ता गराउने कार्यक्रम तय भएको सचिव न्याैपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे