एमालेका निर्वाचित वडा सदस्य चाैधरी माओवादी केन्द्रमा प्रवेश



एमालेका निर्वाचित वडा सदस्य चाैधरी माओवादी केन्द्रमा प्रवेश

भालुवाङ ११ वैशाख । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य रामचन्द्र चाैधरी एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

एमालेबाट २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्य चौधरी नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

आइतवार वडा नम्बर ८ मा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले अबिर र माला लगाइ चाैधरीलाई पार्टी प्रवेश गराएका हुन् ।

नेकपा माओवादी केन्द्रका प्रस्तावित गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे