राप्तीमा मंगोलको पहिलो उम्मेदवारी दर्ता, पहिलो दिन १२ जनाले मात्र मनोनयन दर्ता गराए



राप्तीमा मंगोलको पहिलो उम्मेदवारी दर्ता, पहिलो दिन १२ जनाले मात्र मनोनयन दर्ता गराए

भालुवाङ ११ वैशाख । दाङको राप्ती गाउँपालिकामा पहिलो मनोनयन दर्ता मंगोल नेशनल अग्रनाइजेशनले गराएको छ ।

निर्वाचन अधिकृतको कार्यालय मसुरीयामा गएर सो दलबाट अध्यक्ष पदका लागि शोभाराम बुढामगरले मनोनयन दर्ता गराएका छन् ।

त्यसै गरि वडा नं. ३ को वडा अध्यक्ष पदका लागि टिकलाल चाैधरी, वडा नम्बर ५ का लागि टोपलाल गाहा मगर र वडा नम्बर ८ का लागि मोती चाैधरीले मनोनयन दर्ता गराएका छन् ।

भने ६ जना खुल्ला सदस्य, १ जना महिला सदस्य र १ जना दलित महिला सदस्य गरि कुल १२ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत हेमराज अर्यालले जानकारी दिएका छन् ।

पहिलो दिन एउटा दलले मात्र मनोनयन दर्ता गराएको छ । बाँकी रहेको ठुला दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राजमो, जसपा, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा लगायतका दलले भोलि मनोनयन गर्दा गराउने सम्बन्धित पार्टी अध्यक्षहरूले जानकारी दिएका छन् ।

यता घोराही नगर प्रमुख पदमा पहिलो उम्मेदवारको रुपमा नेकपा (माले)बाट नेत्रप्रसाद पाण्डेय र उपप्रमुख पदमा राधिका क्षेत्रीले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै मौलिक जरोकिलो पार्टिबाट दिर्घप्रसाद भण्डारीले मेयरमा उम्मेदवारि दिएका छन् ।त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख पदमा सुशील गन्दर्भले पाहिलो उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै स्वतन्त्रबाट घोराही उपमहानगर वडा न. १५ का श्रीमन न्यौपानेले घोराही निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनको उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै घोराही- १३ को वडाध्यक्षको पदमा राष्ट्रिय जनमुक्ति पार्टी नरबहादुर घर्ती मगरले पहिलो उम्मेदवारी दिएका छन् ।

दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा दलहरुले मनोनयन दर्ताका आजबाट सुरु भएको छ । स्थानीय तहमा भने मनोनयन दर्ताका लागि दलहरुको सहमतिमा दुई दिने कार्यतालिका छुट्टाएको छ ।

घोराही उपमहानगरपालिकामा आइतबार बिहान साढे १० बजेदेखि साढे ५ बजेसम्म साना राजनीतिक दललाई समय दिइएको छ भने सोमवार १२ गते प्रमुख राजनीतिक दललाई मनोनयन पत्र दर्ताको लागि समय तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । दाङमा साना ठूला गरी २९ दल छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे