इप्रका भालुवाङले बेवारिसे मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझायो



इप्रका भालुवाङले बेवारिसे मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझायो

भालुवाङ ११ वैशाख । इलाका प्रहरी कार्यालय भालुवाङले बेवारिसे मोटरसाइकल फेला पारि सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

वैशाख ८ गते बिहानको समयमा भालुवाङको प्रहरी टोली गस्ती गर्दै जाने क्रममा राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा सो मोटरसाइकल फेला पारेको हो ।

लु ५९ प ३८०९ नम्बरको सेतो रङको बुलेट मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी प्रहरी कार्यालयमा राखिएकोमा आइतबार कपिलवस्तु नगरपालिका ७ बस्ने अजय चौधरीलाई उक्त मोटरसाइकल बुझाएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे