देउखुरीको पाखापानीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते



देउखुरीको पाखापानीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते

भालुवाङ ११ वैशाख । दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन् ।

लमही – भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका १ पाखापानीमा आइतबार विहान पाैने ९ बजेको समयमा लालमटिया देखि भालुवाङ जाँदै गरेको रा ६ प ७०९२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा पैदल हिडिरहेका राप्ती गाउँपालिका १ बगासोती निवासी ६६ वर्षिय हुमबहादुर रानालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका रानाको टाउको र छातीमा गहिरो चोट लागेको छ । घाइते रानालाई भालुवाङमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे