आचारसंहिता कार्यान्वयनमा दाङका राजनीतिकदलहरुको प्रतिवद्धता



आचारसंहिता कार्यान्वयनमा दाङका राजनीतिकदलहरुको प्रतिवद्धता

दाङ ११ वैशाख । स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न प्रतिवद्ध रहेको दाङका राजनीतिकदलहरुले बताएका छन् । संवाद समूह दाङले तुलसीपुरमा आयोजना गरेको ”स्थानीय तह निर्वाचन : निर्वाचन आचारसंहिता कार्यान्वयन” विषयक संवाद कार्यक्रममा शनिबार निष्पक्ष, धाँधलीरहित, विश्वसनिय, मर्यादीत र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न जारी आचारसंहिता कार्यान्वयन गर्न प्रतिवद्धता जनाएका हुन् ।

संवाद कार्यक्रममा नेपाली काग्रेस दाङका सहसचिव राजु आचार्य, नेकपा एमालेका बिनोद शर्मा, नेकपा माओवादी केन्द्रका शेषुराम भण्डारी, नेकपा एकिकृत समाजवादी पार्टीका बिष्णुबहादुर थापा, राष्ट्रिय जनमोर्चाका श्यामलाल पोख्रेल, राप्रपाका दिपक केसी, नेकपा बिप्लप नेतृत्वका ईश्वरी प्रसाद पाण्डे र थरुहटका शरण थारु, राष्टिय जनमुक्ति पार्टीका धनराज स्वर्णकारले राजनीतिक दलका लागि बनाईएको आचारसंहिता कार्यान्वयन गर्न र गराउन आफु र आफ्नो पार्टी प्रतिवद्धत हुने बताए ।

आचारसंहिता समयानुकल बनाइएकोले कार्यान्वयनका लागि सहजभएको उनीहरुले बताए । तर सि.पी. गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रीक मञ्चका ईश्वरी प्रसाद गैरेले स्थानीय तह निर्वाचन २०७९ मा भाग नलिने जानकारी दिए । नाटकिय ढंगले एमसीसी परियोजना पास गरेकाले पार्टीले चुनावमा भाग नलिने बताए । आगामी बैशाख १३ गतदेखि १७ गतेसम्म गाँउगाँउ जाने र निर्वाचनमा भाग नलिन मतदाताहरुलाई आह्वान गर्ने जानकारी दिए । त्यस्तै कार्यक्रमबाट नेकपा बिप्लप नेतृत्वका ईश्वरी प्रसाद पाण्डेले भने स्थानीय तह निर्वाचनमा पार्टीले भाग लिन लागेको जानकारी दिए । आम नागरिकहरुको आग्रह र अपेक्षाका कारण पार्टीले चुनावमा भाग लिन थालेको बताए ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अधिकारी नारायण प्रसाद भण्डारीले निर्वाचन आचारसंहितामा राजनीतिक दलले पालना गर्नुपर्ने ब्यबस्थाका बारेमा जानकारी गराए थिए । साथै कुनेै ब्यक्ति निर्वाचनमा भाग नलिने, मतादधिकार प्रयोग नगर्ने अधिकार छ तर राजनीतिक दल वा संघ संस्थाले त्यस किसीमका गतिबिधि गर्नु प्रचलित कानुनअनुसार बान्ञ्छनीय नहुने बताए ।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि टंक गौतमले आचारसंहिता कार्यान्वयनका लागि ब्यबस्था गरेको ऐन कानूनलाई कार्यान्वयन गर्न निर्वाचन अनुगमन समिति हरदम दृढ रहेको बताए । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयन्त्रले आचारसंहिता उल्घंन हुन नदिने बताए । निर्वाचन शान्तिपूर्ण र मर्यादित तथा बिश्वसयि नबनाउन परेका उजुरी र प्रमाणका आधारमा कारर्बाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि एव प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले बताए ।

सहभागि सिमा न्यौपाने, पदमा चौधरी र कमला जिसीले २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३३ प्रतिसत महिलाहरुको सहभागिता रहेकोमा यसपटक विभिन्न बहानामा २५ प्रतिशत पनि महिलाको सहभागिता हुन नसक्ने अबस्था सृजना गराईएको भन्दै राजनीतिक दलहरुको आलोचना गरे । संबाद समूहका सदस्य टिकाराम रेग्मी र ठाकुर रोकाले धन्यबाद ज्ञापन गरेका थिए भने बरिष्ठ सहजकर्ता सुशील बस्नेतले कार्यक्रमबारे प्रकास पारेका थिए । कार्यक्रमको सहजीकरण सहजतकर्ता निर्मल नेपालीले गरेका थिए ।

स्थानीयन तह निर्वाचनलाई मर्यादीत, विश्वसनीय, शान्तिपूर्ण बनाउन संबाद समूहले विभिन्न तह र विभिन्न पक्षसँग संबाद कार्यक्रम गर्दै आएको छ । यसअघि संविधान सभा निर्वाचन, स्थानीय तह निर्वाचन र संघिय निर्वाचनमा शान्तिपूर्ण, मर्यादीत र विश्वसनीय निर्वाचनका लागि संवाद कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे