लमही र तुलसीपुरमा ८/ ८ जना वडाध्यक्षद्धारा राजीनामा



लमही र तुलसीपुरमा ८/ ८ जना वडाध्यक्षद्धारा राजीनामा

देउखुरी ९ वैशाख । लमही नगरपालिकामा  ८ जना वडाध्यक्षहरुले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमालेबाट निर्वाचित वडा नं. १ का वडाध्यक्ष नुमराज सुबेदी, नेकपा माओबादी केन्द्रबाट वडा नं. ३ मा निर्वाचित वडाध्यक्ष बाबुराम चौधरी र नेपाली काँग्रेसबाट निर्वाचित वडा नं. २ का वडाध्यक्ष नेपबहादुर चौधरी, ४ का वडाध्यक्ष सुवाश न्यौंपाने, ६ का गणेशमान चौधरी, वडा नं. ७ का मोहन गिरी, ८ का मेघ नारायण चौधरी र ९ का भेषबहादुर केसी (रमेश) ले शुक्रबार पत्रकार सम्मेलन गरि राजीनामा दिएका हुन । यी वडाका अधिकाँस वडाध्यक्ष समेत राजीनामा दिएका छन् ।

नेकपा एमालेबाट निर्वाचित वडा नं. ५ का वडाध्यक्ष बिमबहादुर केसीले मात्रै पदबाट राजीनामा दिएका छैनन् । आइतबारसम्म राजीनामा दिन पाउने सुबिधा भएको हुँदा उनले के गर्छन ? त्यो भने प्रतिक्षाको बिषय बनेको छ । एमालेबाट निर्वाचित लमहीका मेयर कुलबहादुर केसी र काँग्रेसबाट निर्वाचित उपमेयर देबका बेलबासेपनि मेयरका आकाँक्षी रहेको हुँदा उनीहरुको पनि राजीनामा आउने जानकारहरु बताउँछन् ।

तुलसीपुरमा ८ जना वडाध्यक्ष र १७ जना वडासदस्यहरुले राजिनामा दिए

तुलसीपुरमा २५ जना जनप्रतिनिधिहरुले पदबाट राजिनामा दिएका छन । यो समाचार तयार गर्दा सम्म तुलसीपुर उपमहानगरपालिकाबाट २५ जनाले पदबाट राजिनामा दिएको सुचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए । उनका अनुसार शुक्रवार दिउंसो ३: १५ बजेसम्म ८ जना वडाध्यक्ष र १७ जना वडा सदस्यहरुले पदबाट राजिनामा दिएका हुन ।

राजिनामा दिने वडाध्यक्षहरुमा वडा न. २ का अध्यक्ष राजु आचार्य,वडा न. १६ का अध्यक्ष भुपबहादुर केसी, वडा न. १० का अध्यक्ष कुमार लामिछाने, वडा न. ९ का अध्यक्ष घनश्याम ढकाल, वडा न. ५ का अध्यक्ष बिरेन्द्र कुमार शाह, वडा न. १५ का अध्यक्ष लक्ष्मण चौधरी, वडा नं १७ का अध्यक्ष थलराज पुरी, वडा न. १८ का अध्यक्ष माधव वलि रहेका छन ।

त्यस्तै वडा सदस्यहरुमा वडा न. १९ का देउकली नेपाली र केशर बहादुर पुन, वडा न. ७ का सारदा सुनार, वडा न. १६ का दण्डबहादुर खत्री, वडा न.२ का कविराम चौधरी, राजकुमार केसी, कमला थापा, वडा न. ६ बाट यमुना परियार, वडा न.५ का अजय बुढाथोकी, सावित्री गुरुङ, मधुमति सुनार, सुरेश कुमार श्रेष्ठ,वडा न. ११ का निर्मा चौधरी, वडा न.१८ का शितल प्रसाद बुढामगर, वडा १८ का सदस्य जिगन्या चौधरी, वडा नं. ७ का रामबहादुर जिसी, वडा न. ६ का दुजमान भण्डारी र वडा न. १६ का पार्वता कामीले पदबाट राजिनामा दिएका हुन ।

सुचना अधिकारी न्यौपानेका अनुसार राजिनामा दिने क्रम बैशाख ११ गतेसम्म जारी रहने छ । निर्वाचन आयोगले जनप्रतिनिधि पुनः चुनाव लड्न चाहेमा पदबाट राजिनामा दिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । सोही अनुरुप आगामी स्थानीय तह निर्वाचनमा बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने भएका छन् ।

उम्मेदवारी दिंदा राजिनामा दिनुपर्ने चुनावी आचारसंहिताको प्रावधान विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि जनप्रतिनिधिले चुनाव लड्न राजिनामा दिनुपर्ने छ ।

घोराहीमा क–कस्ले दिदै छन् राजीनामा ?
१९ वडाहरु रहेको घोराही उपमहानगरपालिकामा पनि अधिकाँस वडाध्यक्षहरुले राजीनामा दिने तयारी गरेका छन् । शुक्रबार कसैले राजीनामा नदिएको भएपनि आइतबार मनोनयन दर्ता गर्नु भन्दा पहिले राजीनामा बुझाउने तयारी गरेको स्रोतले बताएको छ ।

वडा नं. १ का वडाध्यक्ष, . ३ का वडाध्यक्ष, ४, ५, ६, ७, ९, ११, १५, १८ र १९ नम्बर वडाका वडाध्यक्षहरुले राजीनामा दिने तयारी गरिरहेका छन् ।
घोराहीका मेयर नरुलाल चौधरी र उपमेयर सीता सिग्देल न्यौंपानेलाई फेरि एमालेले मेयरको रुपमा नाम सिफारिस गरेको हुँदा उनीहरुको पनि राजीनामा आउने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे