एमाले राप्ती गाउँपालिकाको प्रतिबद्वता-पत्र सार्वजनिक, गठबन्धनलाई भने उम्मेदवार टुंगाउनै सकस



एमाले राप्ती गाउँपालिकाको प्रतिबद्वता-पत्र सार्वजनिक, गठबन्धनलाई भने उम्मेदवार टुंगाउनै सकस

भालुवाङ ९ वैशाख । नेकपा एमाले राप्ती गाउँपालिका कमिटीले आफ्नो चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीकाे ७४ औँ स्थापना दिवस तथा लेलिन जयन्तीकाे अवसर पारेर प्रतिबद्धता-पत्र सार्वजनिक गरेकाे हाे । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा होमिन लागेकाले पार्टीले शुक्रबार आफ्नै पार्टी कार्यालय मसुरीयामा पत्रकार सम्मेलन गरि उक्त प्रतिबद्वता-पत्र सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएकाे  प्रतिबद्वता-पत्रमा अध्यक्ष सग सिधा जनता कार्यक्रम, म मेराे पालिका बनाउँछु अभियान, वार्षिक रूपमा १०१ जना तालिम प्राप्त युवा स्वमसेवक तयार गरि म बनाउँछु मेरो पालिका कार्यक्रम सञ्चालन गर्ने, पालिका स्तरबाट प्रवाह हुने सेवा र नागरिक सहभागीतालाई जनमैत्री तथा प्रविधियुक्त बनाई सुशासन र पारदर्शिता कायम गर्ने, पालिका स्तरमा तरकारी, माछामासु, दूध र फलफूल उत्पादनका लागि एक वडा एक उत्पादन पकेट क्षेत्र निर्माण गर्ने, कृषि क्षेत्रमा बीउ बिजन वितरण कार्यक्रम अवैज्ञानिक भएकाले कृषि सहकारीको माध्यमबाट सुलभ एग्रोभेट र बीउ बिजन बैंक स्थापना गर्ने साथै पालिका स्तरमा कम्तीमा वार्षिक ९ वटा नमुना कृषि फर्मका लागि उत्पादन र प्रविधिमा ८० प्रतिशत अनुदान दिने प्रतिवद्वता पत्रमा उल्लेख गरेको छ ।

त्यस्तै प्रतिबद्वता-पत्रमा एक वडा एक कृषि सहकारी स्थापना गरि किसानहरूको उत्पादन र उत्पादकत्वमा वृद्धि गरि आर्थिक विकास गर्ने लक्ष्य लिएको छ । यस्तै सामाजिक विकास तर्फ राप्ती गाउँपालिकाका विपन्न घरपरिवारका लागि शिक्षा, स्वास्थ, बिजुली, खानेपानी पुर्णरुपमा निशुल्क बनाइ उनीहरुको आर्थिक जीवन स्तरमा सुधार गर्नुका साथै सामाजिक र राजनैतिक सहभागिता सुनिश्चित गरी आगामी ५ बर्षमा कम्तिमा ५० प्रतिशत विपन्नताको रेखा बाट माथि उठाउने, कम्तिमा एक मावि विद्यालयलाई गुणस्तरीय शिक्षा सहितको नमुना विद्यालय बनाइ क्रमश सबै विद्यालयहरुमा SEE सम्म पुर्णरुपमा निःशुल्क शिक्षा प्रदान गरीने, साथै प्राविधिक शिक्षा र युवा सीप विकासका तालिमहरु समेत संचालन गरिने छ ।

यस्तै एक वडा एक खेलमैदान तथा खुला क्षेत्र निर्माण गरिने, सिसहनिया र भालुवाङमा रहेका अस्पताल वाट प्रदान गर्ने स्वास्थ सेवा निशुल्क गराइ विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्ने । “स्वास्थ्य नै धन हो” भन्ने मुल नाराका साथ सबै वडामा परिवार स्वास्थ चिकित्सक कार्यक्रम लागु गर्ने योजना अगाडि सारेको छ ।

सबै परिवारले स्वास्थ्य बीमा कार्यक्रममा सहभागिहुने व्यवस्था मिलाइनेछ र एक सुविधा सम्पन्न एम्बुलेन्स संचालन गरीने, लैङ्गिक समानता र सामाजिक समावेशिकरणको आधारमा महिला, बालवलिका, जेष्ठ नागरिक, अपाङ्ग हरुको सहभागिता, क्षमता विकास संगै स्वारोजगार बनाउने विशेष कार्यक्रम संचालन गर्ने, जेष्ठ नागरिकहरुका लागि टोल टोलमा जेष्ठ नागरिक चौतारी स्थापना गर्ने, पालिका स्तरीय एक सुविधा सम्पन्न ( ज्ञान सीप विकास/सुचना केन्द्र/मनोपरामर्ष सेवा/) युवालय स्थापना गर्ने, लगत लिन छुट भएका मुक्त कमैयाहरुको लगत लिइ परिचय पत्र प्रदान गर्ने, भुमिहिन सुकुम्वासी र अवेवस्थित बसोवासीलाइ आवश्यक प्रकृया पुरा गरी जग्गा धनी प्रमाण पत्र उपलब्ध गराउने प्रतिवद्वता पत्रमा उल्लेख गरिएको छ ।

यस्तै पुर्वाधार विकास तर्फ राप्ती गाउँपालिका भित्रका पुर्व पश्चिम राजमार्ग सँग जोडिने प्रमुख सबै सडकहरु ५ बर्ष भित्र क्रमश कालोपत्रे गरिने साथै भित्रि प्रमुख सडकहरुमा जोडिने सबै सडकहरुको स्तरउन्नति गरी सबै वडाहरुमा सडक सजाल विस्तार गरिने । पालिकाका सबै वडाहरुमा पुर्ण विद्युतिकरण गरी उज्यालो पालिका बनाइने कार्यक्रम अगाडि सारेको छ ।

प्रदेश सरकारले नमुना राजधानी निर्माणका लागि स्वीकृत गरेको गुरु योजना बमोजिमको नीति अवलम्बन गरी कार्यान्वय प्रकृयामा आवश्यक भुमिका निर्वाह गर्ने, पालिकामा एक सभा गृह /एक कर्बोड हल/अटोभिलेज र आवश्यक संख्यामा सार्वजिक शौचालय निर्माण गरीनेछ साथै निर्माणाधिन भालुवाङ बसपार्कको निर्माण कार्य सम्पन्न गरी यथा सिघ्र संचालनमा ल्याइने ।

अटो पार्किडमा देखिएको समस्यालाई तत्काल समाधान गरीने, प्रदेश तथा संघीय सरकार/ दातृ निकायहरुको आर्थिक सहयोग तथा सहकार्यमा राप्ती गाउँपालिकाको दोलइ खोला, सानो नदी र कटेसनाला लगाएतका क्षेत्रका सडकमा आवश्यक पर्ने पुल निर्माण तथा तटबन्धन गरिने छ । शान्तपुर जाबुने-लामाखोला –पुनखोला र सल्ले हुदै थकरीकोट हुदै जोड्ने मोट लगाएतका अन्य वाटाहरु लाइ संघीय र प्रदेश सरकार संग समन्वय गरी स्तरउन्नती गर्ने कार्यक्रम ल्याएको छ ।

यता पर्यटन तथा साँस्कृतिक विकास तर्फ आन्तरिक चुरे पर्यटनको विकास गरी युवा स्वरोजार अभिवृद्धिका लागि भालुवाङ चन्द्रागिरी- माथिल्लो, बगासोती- स्यानीगोस- देविकोट- करङ्गे- थकरीकोट हुँदै सिङ्गे सम्मको पद मार्ग निर्माण गर्ने, धार्मिक तथा कला सांस्कृतिक पहिचान सहितको थारु /मगर/अन्य जातजातिहरुको व्यवसायिक होमस्टे संचालन गर्ने साथै उनीहरुको परम्परागत नेपाली अर्गानिक परिकारहरु उत्पादन प्रर्वधन गराइ ब्यवसायिक विक्रि वितरणका लागी कोसेलि घर संचालनका लागि आवश्यक व्यवस्था मिलाइने लगायत योजनालाई प्रतिवद्वता पत्रमा अगाडि सारेको छ ।

यता एमालेले चुनावी प्रतिवद्वता सार्वजनिक गरि रहदा गठबन्धनलाई भने उम्मेदवार टुंगाउन सकस भएको छ । उम्मेदवार टुंगाउन नसक्दा उनीहरूलाई चुनावी प्रतिवद्वता पत्र समेत सार्वजनिक गर्न सकेका छैन् ।

पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्यद्वय जगतप्रसाद पाेख्रेल, ग‌गाराम भट्टराइ, राप्ती गाउँपालिका इन्जार्ज हरि बेल्बासे, गाउँ कमिटी सचिव भरतमणि न्याैपाने, ४ नम्बर वडा कमिटी अध्यक्ष प्रेमबहादुर केसी, पार्टीका युवा नेता पुष्पराज अधिकारी, प्रेस चाैतारी नेपालका केन्द्रिय सदस्य सन्ताेषकुमार गुप्ता,  चाैतारी कै प्रदेश कमिटी सदस्य ओमप्रकाश गुप्ता र चाैतारीकी राप्ती गाउँपालिका अध्यक्ष अ‌शु बाेहरा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे