आदर्श नमुना मावि लालमटियामा ४७ वर्षिय पुरूषले कक्षा ८ को परिक्षा दिदै



आदर्श नमुना मावि लालमटियामा ४७ वर्षिय पुरूषले कक्षा ८ को परिक्षा दिदै

भालुवाङ ८ वैशाख । दाङ देउखुरीको राप्ती गाउँपालिका क्षेत्रका विद्यालयहरूमा कक्षा ८ को परीक्षा सञ्चालन भइरहेको छ ।

परिक्षामा प्रया किशोर किशोरीहरूले परीक्षा दिएको पाइन्छ तर दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयमा राप्ती गाउँपालिका १ पाखापानी निवासी ४७ वर्षिय गेजमान विकले कक्षा ८ को परीक्षा दिइरहेका छन् ।

पढ्न उमेरले छेक्दैन भन्ने एउटा गतिलो उदाहरण उनी बनेका छन् । उमेरमा पढ्न नसकेका विक पढाईको महत्त्व बुझेपछि आफ्ना छोराछोरी सरहका भाइ बहिनीहरू सँग पढ्नु परेको बताउँछन् । उनी त एउटा पात्र मात्र हुन् । उमेरले नेटो काटेका थुप्रै नागरिकले पढाइको महत्त्व बुझ्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे