कपिलवस्तु स्थित सेनाको गण भित्रै गोली चल्यो, सैनिक जवान घाइते



कपिलवस्तु स्थित सेनाको गण भित्रै गोली चल्यो, सैनिक जवान घाइते

कपिलवस्तु ७ वैशाख । कपिलवस्तु स्थित नेपाली सेनाको शमसेर दल गण भित्र गोली चलेको छ। बुधबार साँझ ७ बजेतिर गोली चल्दा एक महिला सैनिक जवान गम्भीर घाइते भएकी छन्।

बुद्धभूमि नगरपालिका गोरुसिंगेमा रहेको उक्त गण भित्र गोली चल्दा सैनिक जवान कोपिला राजवंशी घाइते भएको स्रोतले बताएको छ। स्रोतको अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

प्रहरीले भने उक्त घटनाको विषयमा कुनै तथ्य सार्वजनिक गरेको छैन। राजवंशी आफैंले गोली चलाएको दाबी गरिएको स्रोतले जनाएको छ।छातीमा लागेको गोली पिठ्युँ छेडेर बाहिर निस्किएको श्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे