राप्ती गाउँपालिकामा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना



राप्ती गाउँपालिकामा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना

भालुवाङ ८ वैशाख । दाङको राप्ती गाउँपालिकामा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको छ ।

वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनलाई मध्यनजर गरि आज एक कार्यक्रमका विच राप्ती गाउँपालिकाको पुरानो कार्यालय भवनमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको हाे ।

देशभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृतकाे कार्यालय र जिल्लामा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे स्थापना गर्ने कार्यक्रम अन्तरगत
आज राप्ती गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयको निर्वाचन अधिकृत हेमराज अर्यालद्वारा उद्घघाटन गरिएकाे हाे । प्रत्यक स्थानीयतहमा निर्वाचन अधिकृत रहने छन् भने जिल्लामा मुख्य निर्वाचन रहने भएका छन् ।

उद्घघाटन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चाैधरी, वडा नम्बर ६ का वडा अध्यक्ष वेदप्रसाद चाैधरी, नेपाली कांग्रेसका हरि भुसाल, सुरेन्द्र भुसाल,प्रशान्त भुसाल, नेकपा एमालेका मदन अधिकारी, राजमोका केशवराज खनाल, जनता समाजवादी पार्टीका रणप्रसाद सुवेदी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटका बामदेव चाैधरी, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, देउखुरी टुडेका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतको उपस्थिति रहकाे थियाे ।

पालिकामा निर्वाचन सम्वन्धि कार्य आजबाट अगाडि बढेकाे निर्वाचन अधिकृत हेमराज अर्यालले बताए । राप्ती गाउँपालिकामा १० वटा मतदान केन्द्र रहेको छ भने ३५ वटा बुथ कायम गरिएको छ । त्यस्तै पालिकामा कुल मतदाता संख्या ३२ हजार ४ सय ३३ रहेका छन् ।

यस्तै सवै भन्दा धेरै मतदाता वडा नम्बर ४ मा ४ हजार ३ सय र सवै भन्दा कम मतदाता वडा नम्बर ९ मा ९ सय ८० रहेको सुचना अधिकारी विश्वास विकले जानकारी दिएका छन् ।

यसैविच विहिबार लमहीमा पनि एक कार्यक्रमको आयोजना गरि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि कार्यालयको उद्घाटन गरिएको छ । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले उद्घाटन गरेका हुन । यो कार्यालय लमही नगरपालिकाको परिसर भित्र रहेको छ ।

लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले निर्वाचन कार्यालयले स्वच्छ, निष्पक्ष रुपमा स्थानीय तहको निर्वाचनलाई सप्पन्न गराउने कुरामा विश्वास व्यक्त गरेको बताए ।

निर्वाचन कार्यालयको कार्यलाई मर्यादित बनाउने गरि भुमिका खेल्दिन यहाँका पार्टी, सामाजिक संघ संस्थाका प्रतिनिधि, पत्रकार सबैलाई सहयोग गरि दिन समेत नगरप्रमुख केसीले आग्रह गरे ।

त्यस्तै निर्वाचन कार्यालय लमहीका निर्वाचन अधिकृत मान बहादुर विष्टले आसन्न स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउने कुरामा आफू प्रतिबद्ध भएको बताए ।

कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि, विभिन्न संचार गृहमा आवद्ध पत्रकारहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा पत्रकार दशरथ घिमिरे, नागरिक समाज दाङका सह संयोजक नीम बहादुर थापा, इलाका प्रशासन कार्यालय लमहीका प्रमुख चन्द्र बहादुर केसी, लमही नगरपालिकाका उपप्रमुख देबका बेल्बासे लगायतले बोलेका थिए ।

निर्वाचन अधिकृत मान बहादुर विष्टको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन सहायक निर्वाचन अधिकृत गोकर्ण ओलीले गरेका थिए । यस्तै गढवा र राजपुरमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि उद्घाटन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे