राजनिति गर्ने नेताप्रति जनताहरुको विश्वास नभई घृणा बढ्दै गएको छ : राजमो अध्यक्ष केसी



राजनिति गर्ने नेताप्रति जनताहरुको विश्वास नभई घृणा बढ्दै गएको छ : राजमो अध्यक्ष केसी

भालुवाङ ३ बैशाख । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले अहिले पछिल्लो समय राजनिति गर्नेहरु प्रति जनताको विश्वास गुम्दै गएको बताएका छन् । उनले राजनितिलाई भोट बैङ्ग र व्यवसायका रुपमा लिंदा जनताहरुले राजनिति गर्नेहरुलाई नै घृणा गर्न थालेको बताए ।

 

राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिकाले शनिबार राप्ती गाउँपालिका—२ लालमटिया बजारमा आयोजना गरेको चुनाबी आमसभालाई सम्बोधन गर्दै उनले जब सम्म जनताले यो ठिक यो बेठिक भनेर छुट्याउन सक्दैनन् तब सम्म देश र जनताको हालत यस्तै रहने बताए ।

प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष केसीले गणतन्त्र, धर्मनिरिपक्षताको रक्षाका लागि ५ दलयीय गठबन्धनलाई मतदान गर्न सुझाव समेत दिए । उनले आउँदो चुनावमा ५ दलीय गठबन्धन मिलेर जाने कारण बस मिल्न नसके मुल कुरा पार्टीको नीति बदिल्ने बताए । यस्तै उनले संघियता खारेजीका लागि अब एक पटक सवै जना उठ्नु पर्ने बेला आएको समेत बताए ।

राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटीका अध्यक्ष केशवराज खनालको अध्यक्षतामा भएको कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रेश्मीराज नेपाली, केन्द्रीय वरिष्ठ उपाध्यक्ष जनकराज शर्मा, जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरूङ, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पूर्णिमा आचार्यले सम्बोधन गरेका थिए ।

राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटीका उपाध्यक्ष ठाकुर आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले सांस्कृति प्रस्तुति राख्नुका साथै कविता बाचन समेत गरिएको थियो । कार्यक्रम सञ्चालन गिरबहादुर पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे