प्यूठानको नौबहिनीमा पाँच दलीय गठबन्धन भत्कियाे, राष्ट्रिय जनमोर्चा एक्लै चुनाव लड्ने



प्यूठानको नौबहिनीमा पाँच दलीय गठबन्धन भत्कियाे, राष्ट्रिय जनमोर्चा एक्लै चुनाव लड्ने

प्यूठान ३ बैशाख । प्यूठानकाे नौबहिनी गाउँपालिकामा पाँच दलीय  गठवन्धन भत्किएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बीच चुनावी तालमेल भएपछि अर्को दल राष्ट्रिय जनमोर्चा एक्लिएको हो ।

सत्तारुढ दलका तीन दलले आफूहरुलाई सहभागी नगराएको राष्ट्रिय जनमोर्चा प्यूठानमा सल्लाहकार एवं नौवहिनी गाउँपालिका इन्चार्ज राम पहाडीले जानकारी दिए । ‘बैठकमा बोलाएर कांग्रेस र माओवादीले छुट्टै बैठक बस्छौ भनेपछि नोट अफ डिसेन्ट लेखेर हामी बाहिरियौँ’,पहाडीले भने,‘पुरानै अनुहार दोहोरिने गरी भागवण्डा गरेको खबर छ । हामीलाई पूनस् बैठकमा बोलाएनन् ।’

हाल नौवहिनी गाउँपालिकामा कांग्रेस र माओवादीको साझेदार सत्ता छ । वडा नम्वर १ स्याउलीवाङ समाजवादीलाई तीनरतीन वटा वडा कांग्रेस माओवादीलाई भागवण्डा गरिएको पाइएको छ । विवादमा रहेको फोप्लीको वडामा सहमती भएको छैन् । गाउँपालिका अध्यक्षमा पूनस् वहालवाला अध्यक्ष कांग्रेसका शिव रिजाल र उपाध्यक्षमा माओवादीका घन बहादुर बुढालाई दोहोर्‍याउने सहमती भएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा नौवहिनीमा कांग्रेस, माओवादीको चुनावी तालमेल भएको थियो । राष्ट्रिय जनमोर्चा र नेकपा एमालेले पनि तालमेल गरेका थिए । राजमोका पहाडी यस अघि एमालेसँगको तालमेलमा गाउँपालिका उपाध्यक्ष उठेका थिए । राजमोले वडा नम्वर ४ र ६ को वडा अध्यक्ष माग गरेपछि सहमती हुन नेपाली कांग्रेसका जिल्ला सदस्य एवं नौवहिनी गाउँपालिका अध्यक्ष शिव रिजालले जानकारी दिए । ‘उहाँहरुले मागेको पद हामीले दिन सक्ने अवस्था भएन’,रिजालले भने,‘केही सदस्यमा सहमती गरौँ भनेको हो नमानेपछि उहाँहरुलाई साथमा लिन सकिएन् ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे