थारू जातिको संस्कार संस्कृति संरक्षण गर्न आवश्यक छ : चाैधरी



थारू जातिको संस्कार संस्कृति संरक्षण गर्न आवश्यक छ : चाैधरी

सिसहनियाँ ३ वैशाख । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीका अध्यक्ष श्यामेश चाैधरी थारू जातिको भाषा, संस्कार, संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।

कुररीहा थारू समाज संघको १५ आैं सम्मेलनलाई शनिवार राप्ती गाउँपालिका ७ छोट्की सिसहनियाँमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका चाैधरी थारू जाति संगठित नहुँदा र आफ्नो पहिचान भुल्दै जाँदा संस्कार संस्कृति लोप हुँदै जान थालेकोमा चिन्ता व्यक्त गरेका थिए । त्यस्तै उनले पछाडि परेका वर्गहरूको उत्थान माओवादीले गर्ने बताएका थिए ।

संघका सचिव दयाराम चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीका सचिव तुला गिरी, सहसचिव बसन्त नेपाली, राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापा, वडा सदस्य लालबहादुर चाैधरी, अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय सदस्य अक्षयकुमार चाैधरी, कुररीहा थारू समाज संघ वंशवली पुस्तकका सहसम्पादक सुरेश चाैधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, दंगाली अनलाइनका सञ्चालक भुवन पाैडेल, गोविन्द बहादुर थारू (कुररीहा), लालमणी चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मन्नी चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संघका सदस्य  गोविन्दबहादुर चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे