अहिलेको चुनाव महंगो भयो : अध्यक्ष केसी



अहिलेको चुनाव महंगो भयो : अध्यक्ष केसी

भालुवाङ ३ वैशाख । राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको चुवाव निकै महंगो भएको बताएका छन् ।

राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले शनिबार दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ स्थित होटल पाैवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । अध्यक्ष केसीले समक्ष, योग्य र नेतृत्व गर्न सक्ने क्षमता हुँदा हुँदै पनि महंगो चुनावले गर्दा त्यस्ता व्यक्तिहरू चुनाव लड्नबाट बञ्चित हुनु परेको बताए ।

मंहगी चुनावले दलाल, भु- माफिया र भ्रष्ट व्यक्तिहरू नेतृत्व तहमा जाँदा देशलाई खोक्रो बनाउने, अनियमित ता बढ्ने बताएका थिए । प्रमुख अतिथि समेत रहेका अध्यक्ष केसीले पछिल्लो समय चुनावको नजिकमा आएर पार्टी फेर्ने र स्वार्थ पूरा गर्ने परिपाटीले राजनीतिमा व्यापार भएको समेत बताएका थिए ।

उनले अहिलेको निर्वाचनमा राष्ट्रिय जनमोर्चा सहितको ५ दलीय गठबन्धन प्रतिगमनका लागि बनाइएको बताउँदै सरकारले तोकेको निर्वाचन निर्धारित समयमा हुन आवश्यक रहेको समेत अध्यक्ष केसीले बताएका छन् ।

साथै उनले संघिया खारेजी र गणतन्त्रको रक्षाका भन्ने मुल नारा लिएर राष्ट्रिय जनमोर्चा चुनावमा होमिन लागेको समेत उनले बताए ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा स्वागत मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता र धन्यवाद ज्ञापन मञ्चका प्रमुख संरक्षक महेश रिजालले दिएका थिए भने कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे