पाल्पामा बस दुर्घटना हुदा चालक सहित दुई जनाको मृत्यु, चार जना गम्भीर घाईते



पाल्पामा बस दुर्घटना हुदा चालक सहित दुई जनाको मृत्यु, चार जना गम्भीर घाईते

दाङ ३ बैशाख । यात्रुबाहक बस दुर्घटना हुदा बस धनी तथा चालक सहित दुई जनाको मृत्यु भएको छ । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका ६ को पानीडाँडाबाट जुठापौवा तर्फ जार्दै गरेको बस धारापानी स्थित दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता एवं डिएसपी विरेन्द्र थापाले जानकारी दिएका छन ।

ग १ ख ४९०२ नम्वरको बस शुक्रवार बेलुका पाँच बजे दुर्घटना हुदा गम्भिर घाईते भएका सोहि ठाउँका बस धनी ४२ बर्षिय बेद बहादुर जिसी र बसमा सवार सोहि ठाउँका होम बहादुर रासकोटीका छोरा ७ बर्षिय बालक असोक रासकोटीको उपचारकै क्रममा मृत्यु भएको उहाले जानकारी दिएका छन ।

दुर्घटनामा परी सोहि ठाउँका मिना घर्तिका छोरी ७ बर्षिय रोहित घर्ति, कान्त बहादुर बगालेका छोरा ८ बर्षिय मिलन बगाले, बेग बहादुर घर्तिका छोरा ८ बर्षिय रोमन घर्ति र पार्वती घर्तिको छोरा ९ बर्षिय खिम बहादुर घर्ति घाईते भएको डिएसपी थापाले जानकारी दिएका छन ।

घाईते सबैको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । घाईते मध्ये एक जनालाई थप उपचारका लागी मेडिकल कलेज रिफर गरिएको छ भने अन्यको तानसेन पाल्पामा उपचार भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे