पूर्वप्रधानमन्त्री ओलीलाई विश्व स्काउटकाे ‘मेधावी याेगदान पदक’ प्रदान



पूर्वप्रधानमन्त्री ओलीलाई विश्व स्काउटकाे ‘मेधावी याेगदान पदक’ प्रदान

काठमाण्डाै १ वैशाख । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन एसिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गरिएकाे छ । नेपाल स्काउटले बिहीवार आयोजना गरेकाे कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई त्याे पदक प्रदान गरिएको हो ।

प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएकाे योगदानको कदर गर्दै ओलीलाई त्याे पदक प्रदान गरिएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीले शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर देशका लागि पूर्वप्रधानमन्त्री ओलीले दिएकाे योगदानप्रति ‘मेधावी योगदान पदक’ ले गौरव प्रदान गर्ने बताए ।

पदक ग्रहणपछि अध्यक्ष ओलीले मानव कल्याणका लागि अझै गतिशील र सङ्गठित हुन स्काउटलाई आग्रह गर्दै चारित्रिक र नैतिक हिसाबले आदर्शवान् समाज निर्माणमा अग्रसर हुनुपर्ने बताए । स्काउटलाई अप्ठ्याराका साथीका रूपमा उनले चित्रण गरे ।

कार्यक्रममा नेपालका ज्येष्ठ स्काउट कलाकार प्रा. गोविन्दनारायण ज्यापुलाई पनि सम्मान गरिएको थियो । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार अध्यक्ष ओली त्याे पदक प्राप्त गर्ने पहिलो नेपाली हुन् । नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ ।

प्रधानमन्त्रीकै रूपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रम सुरु गराएका थिए । ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना सात सय ५३ वटै पालिकामा विस्तार भएको छ भने बजेटमै प्रबन्ध भइ देशका सबै विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने कार्य थालनी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे