निर्वाचन आयोगले कुलमान घिसिङ र गण्डकीका सभामुखलाई स्पष्टीकरण साेध्याे



निर्वाचन आयोगले कुलमान घिसिङ र गण्डकीका सभामुखलाई स्पष्टीकरण साेध्याे

काठमाण्डाै १ वैशाख । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।

आयोगको आज बिहीवारको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार दुवै जनालाई पत्र पठाएर सात दिनभित्र प्रश्नको चित्तबुझ्दो जवाफ दिन भनिएको छ ।

नेकपा (माओवादी केन्द्र) ले घिसिङको तस्बिर चुनाव प्रचार सामग्रीमा प्रयोग विषयलाई लिएर घिसिङलाई आयोगले स्पष्टीकरण सोधेको हो । चुनाव प्रचार सामग्रीमा घिसिङकाे तस्बिर प्रयाेग भएकाे भन्दै चाैतर्फी आलाेचना भएपछि पछि मा‌ओवादीले घिसिङकाे तस्बिर हटाएकाे थियाे ।

त्यस्तै गण्डकी प्रदेश सभाका सभामुख अधिकारीलाई २०७४ सालको प्रदेश सभा चुनावमा भएको खर्चबारे दिएको भनिएको अभिव्यक्तिलाई लिएर आयोगले प्रष्ट पार्न भनेको छ । निर्वाचन आयोगमा आफूले खर्चको गलत विवरण बुझाएको भनी अधिकारीले अभिव्यक्ति दिएका समाचार सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे