दाङको बंगलाचुली र राजपुरमा एमाले उम्मेदवार सर्वसम्मत चयन



दाङको बंगलाचुली र राजपुरमा एमाले उम्मेदवार सर्वसम्मत चयन

दाङ १ व‌ैशाख । नेकपा एमाले दाङले व्यापक छलफल गरी बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सर्वसमत रुपमा नाम चयन गरेको छ ।

एमाले दाङ पदाधिकारी वैठकले बंगलाचुलीमा अध्यक्षमा भेषराज खत्री र उपाध्यक्षमा सरस्वती घर्तीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

पछिल्ला दिनहरुमा बंगलाचुलीमा कांग्रेस, माओवादी लगायतका दलहरुका नाम चलेका सयौ नेताहरु एमालेमा प्रवेश गरेपछि निर्वाचन सजिलै जित्ने अनुमान लगाउँदै उहाँहरुलाई सर्वसम्मत उमेदवार बनाइएको एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिए ।

यसैगरी राजपुरमा कुलराज गिरी र सिता यादवको नाम सर्वसम्मत रुपमा चयन गरिएको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिए ।

राजपुरमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको तत्कालिन केन्द्रीय सरकार र महासचिव शंकर पोख्रेल मुख्यमन्त्री रहेको तत्कालिन सरकारले त्यस क्षेत्रको समृद्धि र विकासमा टेवा पुग्ने प्रसस्त बजेट दिनुका साथै पार्टीको सांगठनिक काम पनि पछिल्ला दिनहरुमा अत्यन्तै उत्साहजनक तरिकाले अगाडी बढेकाले दुबै उम्मेदवारलाई सर्वसम्मत नाम चयन गरिएको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।

अन्य पालिकाको सन्दर्भमा पनि एमाले दाङको पदाधिकारीले पालिका तहबाट आएका नामहरु माथि गहिरो छलफल गर्ने काम गरिरहेको छ । एमाले दाङको जिल्ला वैठकले पदाधिकारीलाई अन्तिम नाम टुंगो लगाएर माथिल्लो कमिटीमा सिफारिस गर्न जिम्मेवारी प्रदान गरेकोछ । प्रदेश कमिटीले जिल्लाबाट आएका नामहरु माथि व्यापक छलफल गरी केन्द्रमा पठाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे