माओवादी केन्द्रबाट राप्ती गाउँपालिकाको अध्यक्षमा ६ र उपाध्यक्षमा २ जनाको उम्मेदवारी दावी



माओवादी केन्द्रबाट राप्ती गाउँपालिकाको अध्यक्षमा ६ र उपाध्यक्षमा २ जनाको उम्मेदवारी दावी

भालुवाङ ३० चैत । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र राप्ती गाउपालिका बाट ६ जनाले आसन्न निर्वाचनमा गाउपालिका अध्यक्ष पदमा आकांक्षा देखाएका छ । उपाध्यक्ष पदमा भने २ जनाले आकांक्षा देखाएको उक्त पार्टीले जनाएको छ । हिजो मंगलबार वडा नम्बर २ करम्दी सामुदायिक बनको सभाहलमा भएको पार्टीको गाउपालिका संगठन कमिटी बैठक बसी वडा र गाउपालिकाका आकांक्षी उम्मेदवार हरुको नाम संकलन गरि जिल्लामा पठाएको हो ।

अध्यक्षमा धर्मराज अधिकारी, स्यामेश चौधरी, प्रकाश बिष्ट, नारायण शर्मा, टंक बिष्ट र लुमबहादुर कार्कीले दाबी गरेको स्रोतले जनाएको छ । त्यस्तै उपाध्यक्षमा हिमा पुरी र भागवता शर्माले दाबी गरेका गरेका थिए । पार्टीका गाउपालिका संगठन कमिटी अध्यक्ष श्यामेश चौधरीको अध्यक्षता मा भएको बैठकमा १ देखि ९ नम्बर वडाका अध्यक्षहरुले आफ्नो वडा भएका पार्टीका कार्यक्रम, पार्टीको अवस्था, आफ्नो पार्टीको मत, विपक्ष पार्टीको मत उनीहरुको अवस्थाको बारेमा रिपोर्टिङ गरेका थिए भने विभिन्न जनबर्गिय संगठनका अध्यक्ष हरुले आफ्नो संगठनले गरेका काम र निर्वाचनमा बिजय हासिल गर्न पार्टीलाई सुझाव दिएका थिए ।

पार्टीका उपाध्यक्ष रणबहादुर पुजालीको स्वागत मन्तव्य सुरु भएको कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य लुमबहादुर कार्की, निर्वाचन क्षेत्र नम्बर १ (क) का संयोजक धर्मराज अधिकारीले आफ्नो भनाइ राख्नु भएको थियो भने कार्यक्रमको संचालन पार्टी सचिव तुला गिरीले गरेका थिए । गत निर्वाचनमा राप्तीमा अध्यक्ष पदका उम्मेदवारले काङ्ग्रेसले ४७९७, माओवादी केन्द्र ३९४२, एमाले ३५५९ र जनमोर्चाले १५०० मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे