राप्ती गाउँपालिकाको अध्यक्षमा एमालेबाट ९ र उपाध्यक्षमा ४ जनाको उम्मेदवारी दावी



राप्ती गाउँपालिकाको अध्यक्षमा एमालेबाट ९ र उपाध्यक्षमा ४ जनाको उम्मेदवारी दावी

भालुवाङ २९ चैत । दाङको राप्ती गाउँपालिकाको अध्यक्ष पदका लागि नेकपा एमाले बाट ८ जना र उपाध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दावी गरेका छन् ।

वैशाख ३० गते हुन गईरहेको स्थानीयतह निर्वाचनका लागि पार्टीको जिल्ला कमिटीको निर्देशन बमोजिम जिल्लाभर उम्मेदवार छनोट गर्ने कार्य अन्तर्गत राप्ती गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका लागि किरण भण्डारी, जगत पोख्रेल, शोभाखर भुसाल, तारा भुसाल, पदम रिजाल, नन्दकुमार चौधरी, मदन अधिकारी, पुष्पराज अधिकारी, सूर्यप्रकाश शर्मा आकाक्षी बनेका हुन ।

यस्तै उपाध्यक्षका लागि ४ जनाले आकाक्षा देखाएका छन । जसमा कमलापती चौधरी, रामपती चौधरी, रत्ना तिवारी र विष्णु गुरुङ रहेका छन् । लामो मेहनत र संघर्षबाट सर्वसहमती हुन नसकेपछि अव अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारको टुंगो जिल्लाले लगाउने पार्टीका गाउँ कमिटी सचिव भरतमणी न्यौपानेले जानकारी दिएका छन् ।

यता यस अघि राप्तीकोे ६ वटा वडामा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ भने ३ वटा वडामा बढी आकंक्षी देखिएका छन् । पार्टीका गाउँ कमिटी सचिव न्यौपानेका अनुसार राप्तीको वडा नम्बर १, २, ६, ७, ८ र ९ मा सर्वसम्मत वडाको उम्मेदवार सिफारिस गरिएको छ । जस अनुसार वडा नम्बर १ को वडाध्यक्षमा गेमबहादुर खड्का, २ नम्बरको वडाध्यक्षमा हिमानन्द पाण्डे, ६ नम्बरको वडाध्यक्षमा हरिचन्द्र चौधरी, ७ नम्बर वडाध्यक्षमा सिताराम चौधरी र ८ नम्बर वडाध्यक्षमा चन्द्रबहादुर गुरूङ्ग र ९ नम्बर वडाध्यक्षमा बालाराम बुढा सर्वसम्मत सिफारिस गरिएकोे पार्टीका गाउँ कमिटी सचिव न्यौपानेले जानकारी दिएका छन् ।

त्यस्तै ३ नम्बर वडाध्यक्षमा भने तीन जनाले दाबी गरेका छन् जसमा सन्तोष अधिकारी, हेमराज भण्डारी र श्यामबाबु चौधरी रहेका छन् । त्यस्तै ४ नम्बर वडाध्यक्षमा पनि तीन जनाले दाबी गरेका छन् । जसमा प्रेमबहादुर केसी, भेषराज खनाल र नन्दराज चौधरी रहनु भएको पार्टी सचिव न्यौपानेले जानकारी दिए । त्यस्तै वडा नम्बर ५ मा धेरै जना वडा अध्यक्षमा आकंक्षी देखिएपछि भोली बुधवार सम्म उम्मेदवार टुंगो लगाइने नेकपा एमाले राप्ती गाउँपालिका कमिटीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे