कार्तिक १३ गते देखि कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नहुने



कार्तिक १३ गते देखि कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नहुने

काठमाडौं १२ कात्तिक। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नगर्ने भएको छ । दसैँको समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको छ ।

कार्तिक १३ गते बिहीबार देखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता  प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड-१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे