एमाले दाङको एकसय वडामा उम्मेदवार छनौटको वैठकलाई महासचिव पोख्रेलद्वारा उद्घाटन



एमाले दाङको एकसय वडामा उम्मेदवार छनौटको वैठकलाई महासचिव पोख्रेलद्वारा  उद्घाटन

दाङ २७ चैत । नेकपा एमाले दाङले वडा तहमा उम्मेद्वार चयनको प्रक्रिया अघि बढाएको छ । यहीक्रममा आइतबार दाङका एकसय वडामा उम्मेदवारी टुंगो लगाइएको छ । एमाले दाङका अनुसार अधिकांश वडाहरुमा सर्वसम्मत उम्मेदवारी टुंगो लगाइएको छ ।

सबै जसो वडाले पालिकामा नाम सिफारिस गरेका छन् । पालिकाले सोमबार ती नामहरुको टुंगो लगाएर जिल्लामा सोमबार साँझसम्म पठाउनेछ । त्यसपछि जिल्लाले ३० २९ गते प्रदेशमा वडाहरुको उम्मेदवार टुंगो लगाएर पठाउनेछ ।

यसैबीच नेकपा एमाले दाङ प्रचार विभागले आइतबार दाङका एकसय वटा वडाहरुको वैठकलाई लक्षित गरेर पार्टी कार्यालय भरतपुरमा उम्मेदवार छनौंट कार्यक्रमको उद्घाट गरेको छ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले भर्चुअल विधिबाट छनौट कार्यक्रमको उद्घाटन गरेपछि जिल्लामा वडाहरुले उम्मेद्वार चयनको प्रक्रिया अगाडी बढाएका हुन् ।

कार्यक्रमलाई एमाले महासचिव शंकर पोख्रेलले भर्चुअल विधिबाट सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले योग्य र विकास बुझेका व्यक्तिलाई उम्मेद्वार बनाउन निर्देशन दिए । पार्टीमाथि भैरहेको चौतर्फी घेराबन्दी र आक्रमणलाई चिर्दै समग्र पार्टी पंक्ति अघि बढ्नुपर्ने उनले धारणा राखे ।

कार्यक्रममा एमाले दाङका सचिव मनोहर बुढाथोकीले जिल्लाका सबै वडामा सर्वसम्मत उम्मेद्वार चयनलाई प्राथमिकता दिन निर्देशन वडा कमिटीलाई निर्देशन दिए । वडामा जनता माझ भिजेका र पार्टीको नीतिलाई आत्मसात गर्ने व्यक्तिलाई उम्मेद्वार बनाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रम नेकपा एमाले दाङ प्रचार विभाग प्रमुख सविन प्रियासनको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे