दाङका पाँच राजनीतिक दलहरुले गठबन्धन गरेर जाने निष्कर्ष सहित केन्द्रमा सुझाब पठायाे



दाङका पाँच राजनीतिक दलहरुले गठबन्धन गरेर जाने निष्कर्ष सहित केन्द्रमा सुझाब पठायाे

दाङ  २७ चैत । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेरै जानुपर्ने सत्ता गठबन्धनमा रहेका दाङका पाँच राजनीतिक दलहरुले केन्द्रमा सुझाब पठाएका छन् । आईतबार नेपाली कांग्रेसको पार्टी कार्यालय घोराहीमा बसेको पाँच दलका नेताहरुको बैठकले बैशाख ३० को स्थानिय तह निर्वाचनमा गठबन्धन दलहरुबिच सहकार्य गरेरै जानुपर्ने सुझाब केन्द्रीय कार्यलयमा पठाउने निर्णय गरेका हुन् ।

दाङमा सबै पार्टीको अबस्था, गत २०७४ सालको निर्वाचनमा मतपरिणाम र बर्तमान राजनीतिक अबस्थाको विश्लेषण गर्दै गठबन्धन दलहरु बिच चुनावी तालमेल गरेर जानुपर्ने निष्कर्ष निकालिएको नेपाली कांग्रेसका जिल्ला सभापती शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।

बैठकमा नेपाली कांग्रेसका सभापती शंकरप्रसाद डाँगी, नेकपा माओवादी केन्द्रका संयोजक तुलसिराम पुन, नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष सुरामणी वेल्बासे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य र जनता समाजबादी पार्टीका प्रचार बिभाग प्रमुख जीवन भण्डारीको उपस्थित रहेको थियोे । केन्द्रमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनका अन्य दलका नेताहरू पनि सम्मिलित छन् ।

पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आईतबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने छ । प्रतिवेदन आउन ढिलाइ हुँदा समितिले काम गर्न पाएको छैन । जिल्ला र स्थानीय तहमा भएको दलगत स्थितिबारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे