दाङको बंगलाचुली गाउँपालिका अध्यक्षद्वारा गाडी फिर्ता



दाङको बंगलाचुली गाउँपालिका अध्यक्षद्वारा गाडी फिर्ता

दाङ २८ चैत । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् ।

आउँदाे वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेसँगै अध्यक्ष वलीले आफूले प्रयोग गर्दै आएकाे रा १ झ ६१६ नम्वरको जीप आज आइतवार कार्यालयलाई बुझाएका हुन् ।

आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्षले गाडी फिर्ता गरेकाे गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे