रामनवमीको अवसरमा आज सार्वजनिक बिदा



रामनवमीको अवसरमा आज सार्वजनिक बिदा

काठमाण्डौ २७ चैत । सरकारले रामनवमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राम नवमीको अवसरमा आज(आईतवार)देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले शनिवार सूचना निकालेर यसबारेमा जानकारी गराएको हो । चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्वमा भगवान रामचन्द्रको पूजा आराधना गरिन्छ ।

त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको कोखबाट रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीको दिन भएको थियो । विष्णुको सातौँ अवतारमा रुपमा भगवान रामलाई लिने गरिन्छ । रामनवमीको अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे