लालमटिया महोत्सवमा प्रकाश सपुतलाई कडा सुरक्षा, करिव ४५ मिनेट गित गाएर दर्शकलाई नचाए



लालमटिया महोत्सवमा प्रकाश सपुतलाई कडा सुरक्षा, करिव ४५ मिनेट गित गाएर दर्शकलाई नचाए

लालमटिया २१ चैत । देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा सञ्चालित महोत्सवमा सोमबार चर्चित लोक दोहोरी गायक प्रकाश सपुतले कडा सुरक्षाका बीच विभिन्न गित मार्फत दर्शकलाई नचाएका छन् ।

राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा राप्ती चौथो ब्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०७८ को आज ११ औं दिन प्रकाश सपूत आउने भएपछि देउखुरीका विभिन्न ठाउँबाट दर्शकहरू महोत्सवमा आएका थिए ।

दिउँसो अत्यधिक गर्मीका कारण दर्शकको सहभागीता कम देखिए पनि बेलुकाको समयमा थामी नसक्नुको भिड बढेपछि सुरक्षाकर्मीलाई समेत भिड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।

प्रकाश सपुतको सुरक्षामा प्रहरी निरीक्षक भुवन भट्टको नेतृत्वमा जनपथ प्रहरी सुरक्षामा खटिएको थियो । भने ससत्र प्रहरी पनि परिचालन गरिएको थियोे ।
उनले पिर, गलबन्दी, बोल माया लगायतका आफ्ना चर्चित गित मार्फत हजारौं दर्शकलाई धुलो उडने गरि नचाएका थिए ।

पिर गितमा देखाइएको भिडियो जनयुद्ध र माओवादी आन्दोलन विरुद्ध रहेको भन्दै माओवादी पक्षले सपुतको चर्को आलोचना गरेको थियो ।

उक्त भिडियोमा देखाएका दृश्य परिबर्तन गरेपनि गायक सपुत माथी सुरक्षा चुनौती रहेको भन्दै प्रहरीले कडा सुरक्षा दिदै आएको छ ।

यस्तै लालमटिया महाेत्सवमा राष्ट्रिय कलाकारहरू मेरी बास्सै हाँस्य टेलिसिरियलका लेखान्त भुसाल(घिराैले), दिवाकर भण्डारी(सापटी काका), चर्चित लाेकदाेहाेरी गायक गाेबिन्द पाैडेल, चर्चित माेडेल तथा डान्सर सगुन थापा, डान्सर तथा उद्घोषक दिपक बर्मा र फिल्म निर्माता भुलन गुप्ताले आफ्ना प्रस्तुति दिएका थिए ।

भने न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिएको महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।

यसै बीच महोत्सवको एघारौं दिन करिव १० हजार बढी दर्शकले अवलोकन गरेका थिए भने करिव ५ लाख ३० हजार रूपैयाँ बराबरको कारोवार भएको कोषाध्यक्ष श्रीधर खत्रीले जानकारी दिएका छन् ।

यस्तै भोली अन्तिम दिन चर्चित गायिका प्रिति आले, गायक मिस्टर आर. जे, गायिका अनु राना मगर र गायक, मोडेल तथा उद्घोषक विजय पुन सँगै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिने बताइएको छ । यस्तै महोत्सव भोली दिउँसो  १ बजे समापन गरिने उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी  दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे