लालमटिया महोत्सवको आज अन्तिम दिन, चर्चित गायिका प्रिति आले आउँदै



लालमटिया महोत्सवको आज अन्तिम दिन, चर्चित गायिका प्रिति आले आउँदै

भालुवाङ २२ चैत । देउखुरीको राप्ती गाउँपालिका—२, लालमटिया टुडिखेलमा जारी महोत्सव आज सकिदैछ । महोत्सवको अन्तिम दिन आज मंगलबार चर्चित गायिका प्रिती आले सहितका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा राप्ती चौथो ब्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०७८ को आज १२ औं अर्थात अन्तिम दिन चर्चित गायिका प्रिति आले, संगै गायक चन्द्र शर्मा, लोकदोहोरी गायिका अनु रानामगर र गायक, मोडेल तथा उद्घोषक विजय पुनको बिशेष पस्तुति रहने महोत्सव व्यवस्थापक एसके शर्माले जनाकारी दिएका छन् ।

साथै महोत्सवमा न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुणर् मनोरञ्जन दिने आयोजकले जनाएको छ । यसैबीच महोत्सव आज मंगलबार दिउँसो १ बजे एक कार्यक्रमका बीच महोत्सवको औपचारिक रुपमा समापन गरिए पनि सांस्कृतिक कार्यक्रम भने बेलुका सम्म नै चल्ने आयोजक राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे