लालमटिया महोत्सवमा आज प्रकाश सपुत सहित मेरी बाँस्सैका हास्य कलाकारहरू आउँदै



भालुवाङ २१ चैत । देउखुरीको राप्ती गाउँपालिका-२, लालमटियामा जारी राप्ती चौथो व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको एघारौ दिन आज सोमबार चर्चित लोकदोहोरी गायक प्रकाश सपुत, गायिका अनु रानामगर, गायक तथा उद्घोषक विजय पुन, मेरी बाँस्सैका हास्य कलाकारहरू दिवाकर भण्डारी (सापटी काका), लेखान्त भुसाल (घिरौले), हास्य कलाकार भुलन गुप्ता र डान्सर सगुन थापाको बेजोड प्रस्तुति रहने महोत्सव व्यवस्थापक एसके शर्माले जानकारीले जानकारी दिए ।

कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा चैत ११ गते देखि देखि सुरू भएको महोत्सवमा शुरु देखि नै न्यु डान्स त्रियशन तथा वेष्ट डान्स त्रु र स्थानीय कलाकारहरूले पनि भरपुणर् मनोरञ्जन दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे