प्रि मनसुनका गतिविधि ढिलो गरी सक्रिय, आज काठमाण्डौसहित पहाडी भेगमा वर्षाकाे सम्भावना



प्रि मनसुनका गतिविधि ढिलो गरी सक्रिय, आज काठमाण्डौसहित पहाडी भेगमा वर्षाकाे सम्भावना

काठमाण्डाै १९ चैत । आज काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ । केही दिन यता प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । तर, काठमाण्डौ उपत्यकामा भने पानी परेको थिएन ।

आज भने दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिए। केही दिन यता वाग्मती प्रदेशका चितवन, सिन्धुली र सिन्धुपाल्चोकमा, गण्डकी प्रदेशको कास्कीमा र प्रदेश १ को संखुवासभा र भोजपुरमा पानी परिरहेको छ ।

अहिले देशभर भारतको बिहारदेखि बंगालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव परेको छ । यसकै कारण देशका धेरै ठाउँको मौसम सामान्य बद्ली भएको छ । यसपालि ढिलो गरी प्रि मनसुनका गतिविधि सक्रिय हुँदा पानी पर्न नसकेको मौसमविद् प्रधानांगले बताइन् । प्रि मनसुनको एक महिना खासै पानी नपरी बितेको छ ।

मार्च, अप्रिल र मे महिनालाई प्रि मनसुनको अवधि मानिन्छ । प्रि मनसुनमा पानी पार्न स्थानीय वायुको भूमिका महत्वपूर्ण हुन्छ । यसपालि स्थानीय पर्याप्त मात्रामा वायूमा जलवाष्पयुक्त हावा विकसित नहुँदा पानी पर्न नसकेको मौसमविद्को भनाइ छ ।

तर, पानी नपर्नुमा यो मात्रै एक कारण नभएको मौसमविद् राजु प्रधानांगले बताइन् । उनकाअनुसार अब प्रि मनसुनका गतिविधि सक्रिय हुन थालेकाले मेघगर्जन र चट्याङसहित केही ठाउँमा पानी पर्ने सम्भावना छ । भोलि पनि प्रदेश १, गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यमखालको वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे