राप्ती गाउँपालिकामा एक हप्ता भित्र भुमिहिन, सुकुम्बासीहरूलाई निस्सा दिइने



राप्ती गाउँपालिकामा एक हप्ता भित्र भुमिहिन, सुकुम्बासीहरूलाई निस्सा दिइने

भालुवाङ १८ चैत । राप्ती गाउँपालिकामा भूमिहिन दलित, भूमिहिन सूकुम्वासी तथा अब्यवस्थित बसोबासीलाई लालपुर्जा दिने कार्यलाई अघि बढाउन एक हप्ता भित्र निस्सा उपलब्ध गराउन निर्देशन गरिएको छ ।

राप्ती गाउँपालिकामा भूमिहिन दलित, भूमिहिन सूकुम्वासी तथा अब्यवस्थित बसोबासी स्थानीय सेवा केन्द्रको कार्यालयको उद्घाटनको क्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले यस्तो निर्देशन गरेका हुन् ।

राप्ती गाउँपालिका कार्यपालिका सदस्यहरु संगको बैठक पश्चात अध्यक्ष निरौलाले नागरिकले बस्दै आएको जग्गाको प्रमाण र अपनत्व पाउनका लागि तत्काल निस्सा दिई लालपुर्जा दिने काम अघि बढाउन गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई सल्लाह सुझाव दिएको भूमिहिन दलित,भूमिहिन सूकुम्वासी तथा अब्यवस्थित बसोबासी स्थानिय सेवा केन्द्रका प्रमुख बालचन्द्र गुरुङले जानकारी दिएका छन् ।

गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले आयोगको अनुरोध अनुसार काम सुरु भैरहेको र राप्ती बासी भूमिहिन दलित, भूमिहिन सूकुम्वासी तथा अब्यवस्थित बसोबासीलाई लालपुर्जा छिटो भन्दा छिटो दिलाउन लागीरहेको बताएका छन् ।

राप्ती गाउँपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोग र राप्ती गाउँपालिका बिच भएको समझदारी पत्र बमोजिम राप्ती गाउँपालिकाले लगत संकलन कार्य सम्पन्न गरि कन्ट्रोल प्वाइृन्ट राख्ने लगायतको काम सम्पन्न गरिसकेको छ र कोही कसैको लगत फारम भर्न छुट्न गएकाहरुको यही २२ गते देखि वडा कार्यालयमा १ दिनको लागी भर्न सकिने भनी सूचना पनि प्रकाशन भएको केन्द्रका प्रमुख बालचन्द्र गुरुङले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे